प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने भएका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने सवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता..

कांग्रेस संसदीय दलको बैठक सुरु

७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । सहकारी प्रकरणका विषयमा संसदीय छानबिन समिति बनाउने विषयमा गठित कार्यदलमा सहमति नभएपछि कांग्रेसले आजको सदनमा गर्ने कार्यबारे बैठकमा छलफल हुने बताइएको छ । संसदीय छानबिनमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्नुपर्ने अडानमा कांग्रेस रहेको छ। आइतबारको संसद बैठकमा गृहमन्त्री लामिछानेले आफ्ना कुरा राखेपछि कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नगरिए सदन नचल्ने..

गिरिबन्धु टि इस्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने

६ जेठ ।  सर्वाेच्च अदालतबाट झापास्थित गिरिबन्धु टि इस्टेटको भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने पूर्ण फैसला आइसकेको छ । उक्त जग्गा अब बिक्री गर्न पाइने छैन । देशको अर्बैँको सम्पत्ति संरक्षणका लागि अधिवक्ता ओमप्रकाश अर्याल एकल रूपमा भिडेका थिए । उनकै रिट निवेदनले राज्यको सम्पत्ति क्षति हुनबाट जोगिएको छ । माघ २४ गते सर्वाेच्च अदालतको संवैधानिक इजलासले गरेको उक्त फैसलाको पूर्णपाठमा भोगचलनमा रहेको हदभन्दा बढी जग्गा जफत हुने..

बिर्तामोडमा सडेको अवस्थामा पुरुषको शव फेला

६ जेठ । झापाको बिर्तामोडमा सडेगलेको अवस्थामा एकजना पुरुषको शव भेटिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको उत्तर हिरो मोटरसाइकल सोरुमको पूर्वपट्टि झाडीमा सडेगलेकोको अवस्थामा शव भेटिएको हो । आज बिहान अन्दाजी ११ बजे प्रहरीले शवबारे जानकारी पाएपछि घटनास्थल पुगेको थियो । शव सडेगलेकोले पहिचान भइनसकेको तथा घटनाबारे थप अनुसन्धान सुरु गरिएको झापा प्रहरीले जनाएको छ ।

एकीकृत समाजवादीले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई विश्वासको मत दिने

६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनले यस विषयमा कसैलाई पनि आशङ्का नगर्न आग्रह गरेका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भने, ‘प्रधानमन्त्रीज्यूले विश्वासको मत लिने कुरा भएको छ । हामी पनि सरकारमा सहभागी छौँ । हामीले विश्वासको मत नदिने प्रश्नै उठ्दैन । मिडिया साथीहरू कसैले शङ्का–उपशङ्का नगरे हुन्छ,..

श्रमदानमा जुट्दै माङसेबुङबासी

  ६ जेठ । इलामको माङसेबुङ गाउँपालिकाबासी श्रमदानमा जुट्न थालेका छन् । ‘हप्ताको ६ दिन आफ्नो लागि, बाँकी एक दिन समाजको लागि’ भन्ने मूल नाराका साथ स्वतन्त्र सचेत नागरिक समूह माङसेबुङको अगुवाईमा श्रमदानमा जुट्न थालेका हुन् । समूहले सुरूवात गरेको श्रमदान अभियानमा माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङसहित विभिन्न वडाबाट सहभागिता सुरु भएको छ । समूहले शनिबार दमक-चिसोपानी सडक (फाल्गुनन्द मार्ग) अन्तरगत माङसेबुङ गाउँपालिका-२ र ३ को सीमानामा पर्ने भोटेडाडाँ हुँदै..

 बिरिङ र निन्दा नदीमा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान

६ जेठ, झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान गरेको छ । पूर्व–पश्चिम राजमार्गको पुलमा जडान गरिएका ती उपकरणले बाढी आउनु पहिले जानकारी दिने विभागका प्रवक्ता सुनिल पोखरेलले बताउनुभयो । यसअघि झापाको कनकाई नदीमा मात्र यस्तो बाढी मापन तथा सूचना प्रणाली सञ्चालनमा थियो । नदी जोखिम न्यूनीकरण आयोजनामार्फत पूर्व–पश्चिम राजमार्गमा पर्ने नदीका पुलमाथि बाढी मापन उपकरण..

तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर सडकमा

६ जेठ, झापा । गत फागुन महिनादेखि तलव नपाएपछि गिरीबन्धुका चिया मजदुर आन्दोलनमा उत्रिएका छन् । शनिवार र्यालीसहित तलव भुक्तानीको माग गर्दै पहिलो चरणको आन्दोलन सुरु गरेका हुन् । मजदुर क्वाटरबाट सुरु भएको र्याली बिर्तामोड बसपार्क प्रवेश गर्ने ठाउँमा कोणसभा गरिएको थियो । श्रमिकको पारिश्रमिक भुक्तानी गर्नुपर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्नुपर्ने, हदबन्दी छुटको जग्गा फिर्ता गर्नुपर्ने लगायतका माग गर्दै र्याली सम्पन्न गरिएको थियो । नेपाल कृषि तथा बगान..

मोरङमा पौडी खेल्ने क्रममा डुबेर १४ वर्षीय बालकको मृत्यु

६ जेठ । मोरङको विराटनगर महानगरपालिका–१८ स्थितमा पौडी खेल्ने क्रममा डुबेर बालकको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँका १४ वर्षीय राज शर्मा छन् । शनिबार दिउँसो पानी जमेको खाडलमा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुमना भन्छिन्- अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमतिपत्र आवश्यक छ

६ जेठ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षक र मनोपरामर्शदाता शिक्षण अनुमतिपत्र आवश्यक रहेको बताएकी छन् । आइतबार माइतीघर मण्डलामा विगत पाँच दिनदेखि उभिएर बिरोध जनाउँदै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य नेत्र चापागाईंंको मागलाई ऐक्यबद्धता जनाउँदै उनले अटिजम काउन्सिलरहरूको लागि इजाजतपत्रको व्यवस्था गर्न मन्त्रालय लागिरहेको जानकारी दिइन् । उनले अनुमतिपत्र भएपछि मात्रै विद्यालय खोल्नुको औचित्य हुने भएकाले सरकारले यसबारे आवश्यक कदम चालिरहेको जानकारी..