गिरीबन्धु टी–स्टेट प्रकरण- ओलीदेखि रविसम्मलाई विश्वप्रकाशको चुनौती

२४ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र रास्वपा सभापति रवि लामिछानेलाई एकसाथ चुनौती दिएका छन् । बिहीबार संसद्को विशेष समयमा बोलेको महामन्त्री शर्माले तीनै जनालाई गिरीबन्धु टी–स्टेट प्रकरणमा छानबिनका लागि तयार हुन चुनौती दिएका हुन् । उनले अदालतको फैसलाको पूर्णपाठ आएपछि एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री ओली कांग्रेससँग खनिएको भन्दै त्यसको कारण स्पष्ट पार्न ओलीलाई आग्रह गरे । “गिरीबन्धु प्रकरणमा सर्वाेच्च..

माइकलको ह्याट्रिकमा स्पेनको जितमा

२४ जेठ । माइकल ओयारजाबको ह्याट्रिकसँगै स्पेनले मैत्रीपूर्ण खेलमा अन्डोरालाई पराजित गरेको छ। बुधबार राति सम्पन्न खेलमा स्पेन ५-० गोल अन्तरले विजयी भएको हो। खेलको पहिलो हाफमा अयोज पेरेजले गोल गरेका थिए। २४औं मिनेटमा पाउ केयुबार्सीले दिएको पासलाई उनले सदुपयोग गरे। ५३, ६६ र ७३औं मिनेटमा माइकलले गोल गर्दै ह्यट्रिक पूरा गरे। ८१औं मिनेटमा फर्मिन लोपेजको पासमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए।

बालेनको पक्षमा उभियो कांग्रेस

२४ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राम्रो काम गरिरहेको बताएको छ। बालेनलाई काम गर्न दिन र उनको अधिकार क्षेत्रमाथि नपस्न संघीय सरकारलाई आग्रह गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महानगरको अधिकारक्षेत्र प्रयोग गर्न दिन आग्रह गरे । उनले न्युरोडमा नागरिकको सुविधाका लागि लागि सडक पेटी बढाउन जरुरी रहेको पनि उल्लेख गरे । “संघ र स्थानीय..

नुनेजको ह्याट्रिकमा उरुग्वेको जित

२४ जेठ । डार्विन नुनेजको ह्याट्रिकसँगै उरुग्वेले मैत्रीपूर्ण खेलमा मेक्सिकोलाई पराजित गरेको छ। बिहीबार बिहान सम्पन्न खेलमा उरुग्वेले मेक्सिकोलाई ४-० गोल अन्तरले पराजित गरेको हो। नुनेजले ७, ४४ र ४९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। फाकुन्डो पेलिस्ट्रीले एक गोल गरे।

सन्दीपलाई अमेरिकाले भिसा नदिएको विषयमा विश्वप्रकाशले गराए ध्यानाकर्षण

२४ जेठ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले विश्वकप खेल्न सन्दीप लामिछानेलाई पठाउने गरी भिसा मिलाउन सरकारले नसकेको भन्दै आपत्ति जनाएका छन् । बिहीबार प्रतिनिधिभा बैठकमा उनले आरोप लागेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रनु हुँदैन भने पनि अहिले  अदालतले सफाइ दिइसकेको बताए । “सम्मानित अदालतले निर्दोष सावित गरेपछि यस बेला सन्दीप लामिछाने हाम्रो प्रतिनिधित्व गरेर मैदानमा खेलेको हुनुपर्थ्योे,” उनले भने, “उनको भिसाका लागि सरकारले उचित पहल समयमै..

काठमाडौँ महानगरका निजी विद्यालयमा डेढ लाख विद्यार्थी भर्ना

२४ जेठ । यस शैक्षिक सत्रमा काठमाडौँ महानगरका निजी विद्यालयमा करिब डेढ लाख विद्यार्थी भर्ना भएका छन् । काठमाडौँ महानगरले दिएको जानकारी अनुसार १ लाख ४९ हजार ९५६ विद्यार्थी भर्ना भएका मध्ये १८ हजार ४२२ जनाले छात्रवृत्ति पाएका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कानुनको पालना मात्र  गराउँदा करिब २ अर्ब बराबरको छात्रवृत्ति उपलब्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले भनेका छन्– 'हामीले विद्यमान कानुन को कार्यान्वयन गर्दा मात्रै..

सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीद्वारा चीनसँगको सीमा क्षेत्रको निरीक्षण

२४ जेठ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटक उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेको हो । साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङले तीन दिन पैदल हिँडेर टोली..

ट्वान्टी-२० विश्वकप- स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलिया विजयी

२४ जेठ । मार्कस स्टोइनिसको अलराउन्ड प्रदर्शनसँगै अस्ट्रेलियाले आइसिसी ट्वान्टी-२० विश्वकपमा विजयी सुरुआत गरेको छ। बिहीबार सम्पन्न खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो। अस्ट्रेलियाले दिएको १६६ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा नवौ विकेट गुमाउँदै १२५ रन बनायो। ओमानका आयन खानले सर्वाधिक ३६ रन बनाए। ३० बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। मेहरान खान २७, अकिब इलियास १८ र शकील अहमद ११ रनमा आउट..

एमाले सुनसरी अध्यक्षको भारतमा मृत्यु

२४ जेठ । उपचारका लागि भारत लैजाने क्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि उनको उपचार जारी थियो । थप उपचारका भारतको हैदराबाद लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । नेकपा एमाले सुनसरीका नेता रवि खनालका अनुसार उपचारका लागि जाने क्रममा मृत्यु भएका खनालको शव नेपाल ल्याउने तयारी भइरहेको छ । उनलाई मंगलबार भारत लगिएको थियो । खनाल नेकपा एमाले सुनसरी जिल्लाको आठौं जिल्ला..

मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि फ्रान्सको सहज जित

  २४ जेठ । केलियन एमबाप्पे चम्किएसँगै फ्रान्सले मैत्रीपूर्ण खेलमा लक्जमबर्गमाथि सहज जित हासिल गरेको छ। स्टेड सेन्ट सिम्फोरियनमा बुधबार राति सम्पन्न खेलमा फ्रान्स ३-० गोल अन्तरले विजयी भएको हो। खेलको ४३औं मिनेटमै कोलो मुआनीले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए। ६०‍औं मिनेटमा जोनाथन क्लाउसले गोल गर्दै अग्रता दोब्बर बनाए। दुवै गोलमा एमबाप्पेले एसिस्ट गरेका हुन्। ८५औं मिनेटमा ब्राडली बारकोलाको पासमा एमबाप्पले गोल गर्दै फ्रान्सलाई ३-० को जित दिलाए।