विशेष

कोशी प्रदेशको बजेट ३५ अर्ब २७ करोड
२ असार । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा आज उक्त बजेट प्रस्तुत गरेका हुन् । जसमा चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख र पूँजीगत तर्फ १६ अर्ब २० करोड २० लाख, वित्तीय व्यवस्थापनबाट २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ४ अर्ब ५८ करोड ५० लाख विनियोजन..

बजाज पल्सर एन १५० नेपाली बजारमा
२ असार । बजाज मोटरसाइकलका निम्ति नेपालको एक मात्र आधिकारिक विक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीले पल्सर एन १५० मोटरसाइकल सार्वजनिक गरेको छ। यो मोटरसाइकल भारतमा एक वर्षअघि नै लन्च गरिएको थियो । यो स्पोर्टी मोटरसाइकल दैनिक प्रयोग र पावर पफर्मेन्स दुवैका लागि उपयुक्त छ । यसले युवापुस्तालाई आकर्षित गर्ने कम्पनीले जनाएको छ । यसअघि नै बजाजले एन सिरिजमा एन २५० र १६० बजारमा लन्च गरिसकेको छ । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु..

दक्षिणी गाजा क्षेत्रमा ‘रणनीतिक विराम’ गर्ने इजरायली सेनाको घोषणा
२ असार । इजरायली सेनाले आइतबार दक्षिणी गाजापट्टीको भागमा दिनको समयमा दैनिक सैन्य गतिविधिको ‘रणनीतिक विराम’ लागु गर्ने घोषणा गरेको छ। “केरम सालोम सीमा पार गर्ने सालाह अल–दिन रोड र त्यसपछि उत्तरतर्फ जाने सडकमा अर्काे सुचना नआएसम्मका लागि मानवीय सहायता पहुँच उद्देश्यका लागि हरेक दिन बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म सैन्य गतिविधिको रणनीतिक विराम हुनेछ,” सेनाले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ । संयुक्त राष्ट्र संघ र अन्य संस्थाहरूसँगको छलफलपछि..

चीनले अष्ट्रेलियालाई ‘पाण्डा’ उपहार दिँदै
२ असार । चीनले अष्ट्रेलियालाई एक जोडी पाण्डा उपहार स्वरुप पठाउने भएको छ। चीनका प्रधानमन्त्री ली क्वियाङले आइतबार दुई देशबीचको सम्बन्ध न्यानो भएको देखाउन ती पाण्डा पठाउन लागिएको जनाएका छन् । चारदिने अष्ट्रेलिया भ्रमणमा रहेका चिनियाँ प्रधानमन्त्रीले अदेलाइदे चिडियाखानामा गएको बेलामा सो घोषणा गरेका हुन् । चीनका प्रधानमन्त्रीको भ्रमण सात वर्षपछि पहिलोपटक अष्ट्रेलियामा भएको हो । चीन अष्ट्रेलियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । चीनले पाण्डा कुटनीतिअन्तर्गत विभिन्न २० मुलुकलाई..

कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने
२ असार । झापाको कनकाई नदीमा विद्युतीय शवदाह गृह बन्ने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-०८२ का ल्याएको बजेटमा कनकाई नदीमा स्थानीय तहको सहकार्यमा विद्युतीय शवदाह गृह निर्माणका लागि २ करोड बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले जानकारी दिएका छन् । कनकाई नदीमा विद्युतीय शवदाह गृह निर्माणका लागि स्थानीय स्तरबाट माग उठ्दै आएको थियो । २०६७ सालमा स्थापना भएको सो घाटमा हालसम्ममा पाँचवटा..

बर्षाको कारण पुलमा क्षेती
२ असार । शनिबार राती देखी परेको अबिरल बर्षाको कारण झापाको भद्रपुर नगरपालीका वडा नं. स्थित १ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षती पुगेको छ । पानीले क्षती पुर्याएपछि अहिले पुल नै जोखिम अवस्थामा रहेको छ । मेची राजमार्ग सडक खण्डमा भद्रपुरदेखी बनियानी केचना आवतजावत गर्ने सवारी साधनहरु अवरुद्ध भएका छन् । प्रहरीले डाईभर्टसन गराई बैकल्पिक मार्गद्धारा यातायात सुचारु गराएको जानकारी दिएको छ ।

पाथीभरामा साढे १६ लाखभन्दा बढी भेटी संकलन
२ असार । पाथीभरा मन्दिरमा जेठमा साढे १६ लाखभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा भक्तजनले जेठमा १६ लाख ६५ हजार नौ सय ५६ रुपैयाँ चढाएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाम्बाङले बताए । संकलित भेटी बैंकमा जम्मा गरिएको समितिले जनाएको छ । समितिले प्रत्येक महिना मन्दिरमा भेटी संकलन भएको रकम सार्वजनिक गर्दै आएको छ । चालू आर्थिक वर्षको जेठ महिनासम्म दुई लाख २८ हजार आठ सय ९६ जनाले पाथीभरा मन्दिरमा पूजा..

कृषि विकास सहकारी घोटाला प्रकरणमा संलग्नहरू पक्राउ
२ असार । कृषि विकास बहुउद्देश्यीय सहकारी घोटाला प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारी घोटालामा संलग्न केहीलाई पक्राउ गरेको हो । बचकर्ताको रकम अपचलन गरेको आरोपमा पक्राउ परेकाहरुलाई आइतबार पत्रकार सम्मलेन गरेर सार्वजनिक गर्ने तयारी प्रहरीले गरेको छ । सहकारी अपचलनबारे छानबिन गर्न बनेको संसदीय समितिको कार्यादेशमा यो सहकारी पनि समावेश छ ।

चुरे संरक्षणमा सबै तहका सरकार र समुदायको सहकार्य अपरिहार्य छ- प्रधानमन्त्री प्रचण्ड
२ असार । प्रधानमन्त्री प्रचण्डले चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकारवाला निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताएका छन्। दशौं चुरे संरक्षण दिवसको सन्दर्भमा आज आयोजित बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तराई मधेशका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताए । विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई मधेश संरक्षण तथा व्यवस्थापन गुरूयोजना परिमार्जनसहित लागू..

बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री जम्मरकट्टेलद्वरा असन्तुष्टि व्यक्त
२ असार । शनिबार सार्वजनिक बागमती प्रदेशको बजेटका विषयमा मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले नै असन्तुष्टि व्यक्त गरेका छन्। प्रदेश मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेश गरेको बजेटमा मुख्यमन्त्री जम्मरकट्टेलले असन्तुष्टि जनाएका हुन् । बागमती प्रदेशमा मुख्यमन्त्री माओवादी केन्द्रका जम्मरकट्टेल छन् भने अर्थमन्त्री एमालेका जगन्नाथ थपलिया छन् । अर्थमन्त्री जगन्नाथ थपलियाले पारित बजेट सिलिङभन्दा १ अर्ब ६४ करोड रुपैयाँ थपेको तथा कार्यक्रम नै फेरबदल गरेको मुख्यमन्त्री जमरकट्टेलको आरोप छ । ‘उहाँले पारित बजेटको..