कृषि

कृषि मन्त्री नेम्वाङ धान रोप्दै
१५ असार, काठमाण्डौँ । राष्ट्रिय धान दिवसको अवसमा आज कृषि तथा पशुपन्छी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धान रोप्नुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को आयोजनामा खुमलटारमा भएको रोपाईमा मन्त्री नेम्वाङले धान रोप्नु भएको हो । आज देशैभर धान रोपेर किसानहरुले यो दिवस मनाउँदै छन् । निषेधाज्ञा खुकुलो भएकोले सरकारले पनि औपचारिक कार्यक्रमका साथ दिवस मनाएको हो । कृषि मन्त्रालयका अनुसार असार १५ गतेसम्म देशभर २७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको..

आज राष्ट्रिय धान दिवसः दही च्यूरा खाएर मनाइँदै
१५ असार, काठमाण्डौँ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानहरु दही च्यूरा खाँदा शक्ति प्राप्ति हुन्छ भन्ने मान्यता राख्दछन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले..

चैते धानले मुल्य नपाउदा झापाका किसानहरु चिन्तित
३१ जेष्ठ, झापा । लगातारको झरीका कारण झापाका किसानलाई चैते धान थन्क्याउन समस्या भएको छ । उत्पादित धान सुक्न नपाउदा उचित मूल्य पनि पाउन सकेको छैन । चिस्यानको मात्रा धेरै रहने चैते धान सुकाउने प्रविधि (ड्रायर) उपलब्ध नहुँदा बिचौलियाले जति मूल्य तय गर्छन् त्यसैमा धान बेच्न किसान बाध्य हुने गरेका छन् । दुई साताअघिसम्म प्रतिमन आठ सय रुपियाँमा बिक्री भएको धानको मूल्य अहिले किसानले छ सय रुपियाँभन्दा कम पाइरहेका छन्..

सिंगो गाउँपालिका नै व्यवसायीक कृषि पेसामा
३० जेष्ठ, मकवानपुर । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकाका अधिकांश नागरिक व्यवसायीक कृषि पेसामा आबद्ध छन् । तरकारी र फलफूलको प्रशस्त उत्पादन हुने नागरिक गाउँपालिकाका अधिकांश नागरिक व्यावसायिक कृषिमा लागेका छन् । ५ वटा वडा रहेको गाउँपालिकाको वडा नम्बर १, ४ र ५ मा व्यापक मात्रामा तरकारी खेती हुन्छ, भने वडा नम्बर २ र ३ मा तरकारीसङै कागती, सुन्तला जस्ता फलफूलको खेती हुने गर्दछ । गाउँपालिकाका अध्यक्ष जीवन लामाका अनुसार वडा नम्बर..

नेपाली चियाले अन्तराष्ट्रिय बजार पाएसंगै कृषक उत्साहित
२६ माघ, इलाम । नेपाली चियाले ट्रेडमार्क पाएसंगै इलामका कृषक उत्साहित भएका छन् । चियाको ट्रेडमार्क भारत र अमेरिकालगायतका मुलुकमा दर्ता भएपछि इलामका चिया कृषक उत्साहित भएका हुन् । चिया खेती शुरु गरीएको एक सय ५७ वर्षपछि नेपालमा उत्पादित चियाले अन्तर्राष्ट्रिय बजार पाउने भएपछि कृषकहरु उत्साहित भएका हुन् । पाँच महिना अघि इलामको सूर्याेदय नगरपालिकामा घोषणा गरिएको नेपाली चियाको ट्रेडमार्र्क भारत र अमेरीकामा दर्ता भएको छ । चिया खेती भएको..

अलैँचीलाई तेस्रो देश निर्यातका लागि पहल गर्ने सरोकारवालाहरुको प्रतिबद्धता
१८ माघ, झापा । सरोकारवालाहरूले बहुमूल्य नगदे कृषि बाली अलैँचीलाई तेस्रो देश निर्यातका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही वर्षयता अलैँचीको मूल्यमा लगातार गिरावट हुँदा किसान तथा व्यवसायी निराश बनिरहेका बेला शनिबार झापाको बिर्तामोडमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा सरकारी तथा निजी क्षेत्रले संयुक्त रुपमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् । नेपाली अलैँचीको ठुलो हिस्सा भारतमा मात्र निकासी हुने गरेको र भारतीय व्यवसायीले तोकेको मूल्यमा अलैँची बिक्री गर्नुपर्ने..

सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन मल खरिद गर्ने
२५ मंसिर, काठमाण्डौँ । सरकारले बंगलादेशसँग ‘जी टु जी’ माध्यमबाट ५० हजार मेट्रिक टन युरीया मल खरिद गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले बंगलादेशबाट मल खरिदका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो । बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि २०७७ पौष १० गतेबाट एक वर्षका..

झापामा यस बर्ष धानको उत्पादनमा बृद्धी
४ कार्तिक, झापा । अघिल्लो वर्षको तुलनामा यसवर्ष झापामा धानको उत्पादनमा बृद्धी भएको छ । रोग कीराको प्रकोप घट्नुका साथै धान खेतीको क्षेत्रफल पनि बढेकाले उत्पादनमा बृद्धि भएको हो । तर, उत्पादित धानले मूल्य नपाउँला कि भन्ने चिन्ता किसानमा छ । खेती गर्ने समयमा रासायनिक मलको अभाव भए पनि यो वर्ष झापाका किसानले अपेक्षा गरे भन्दाबढी धान फलाएका छन् । सिञ्चाई सुविधाको अभावका कारण आकाशे पानीको भरमा खेती गर्ने किसानले..

चुलाचुली–२ का कृषकलाई २ लाख ५० हजार मुल्य बराबको आलु तथा मकैको बिउ बितरण
२७ कार्तिक, इलाम । चुलाचुली गाउँपालिका २ नम्बर वडा कार्यलयले कृषकहरुलाई दुई लाख ५० हजार मुल्य बराबरको आलु तथा मकैको बिउ बितरण गरेको छ । आर्थिक बर्ष ०७७/०७८ मा वडा कार्यलयद्धारा कृषि तथा पशुपालन शीर्षकमा बिनियोजित रकमबाट स्थानिय ६ सय ११ घर परिवारलाई उन्नत जातको आलु तथा मकैको बिउ बितरण गरिएको वडा नं. २ का वडाध्यक्ष रनबहादुर लिम्बुले जानकारी दिनुभयो । पाँच वटा टोल विकास संस्था रहेको यस वडामा गत..

विर्तामा नगरपालिकाद्धारा कृषि क्षेत्रको विकासलाई प्राथमिकता
२६ कार्तिक, झापा । झापाको विर्तामोड नगरपालिकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकता दिएको छ । त्यसमा पनि अग्र्यानिक कृषि उत्पादनलाई विशेष जोड दिएको छ । कृषि उत्पादनलाई प्राथमिकता दिएकै कारण विर्तामोड नगरपालिका अहिले कृषि उत्पादनका हिसाबले आत्मनिर्भर बन्दै गएको छ । नगरपालिकाका कृषि शाखा अधिकृत राजेन्द्र कडरिया कृषि क्षेत्रमा उल्लेख्यमा लगानी गरेकै कारण नगर अहिले तरकारी र खाद्यान्नमा आत्मनिर्भर हुने अवस्थामा पुगेको बताउनुहुन्छ । स्थानीय तह पुनःसंरचनापछि बनेको विर्तामोड नगर सरकारले..