आर्थिक

हानिकारक रसायन हालिएको आँप बरामत, ५७ क्विन्टल नष्ट गरियो
कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रतिबन्धित रसायन हालेर पकाएका आँप छ्यापछ्याप्ती बिक्री(वितरण भइरहेका छन्। भारतीय बजारबाट ल्याइएका हानिकारक रसायन हालेर पकाएका आँप ठेलागाढादेखि पसल(पसलमा बिक्री भइरहेको छ। खुलमखुल्ला प्रतिबन्धित रसायन हालेर पकाइएका आँप बिक्री(वितरण बढेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ। कार्यालयका खाद्य अनुसन्धान अधिकृत हरिसिंह बोहरा नेतृत्वको टोलीले महेन्द्रनगर बजारबाट ठूलो परिमाणका हानिकारक रसायन प्रयोग भएको आँप बरामद गरेको छ। महेन्द्रनगरमा पंकजकुमार गुप्ताले सञ्चालन गरेको बालाजी..

सुन प्रकरणः दोस्रो चरणमा २० जना पक्राउ, २ खर्ब बढी बिगो माग्दै सिआइबीले बुझायो प्रतिवेदन २६ जना अझै फरार
असार १७, ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ। सिआइबीले आइतबार काठमाडौं जिल्ला सरकारी वकिलको कार्यलयमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। ६० किलो सुन प्रकरणमा दोस्रो चरणको अनुसन्धानबाट सिआइबीले २० जनालाई पक्राउ गरेको छ। प्रहरीको उच्च स्रोतका अनुसार २६ जना अझै फरार छन्। सिआइबीले पक्राउ परेका २० र फरार रहेका २६ गरी ४६ जनालाई..

वचतकर्ताको रकम अपचलनको आरोप लागेकोमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् ।
१५ असार, वचतकर्ताको रकम अपचलनको आरोप लागेको ललितपुर पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी पक्राउ परेका छन् । उनलाई शुक्रबार राति उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको विशालनगरबाट पक्राउ गरेको कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए । यो सहकारीले वचतकर्ताको ६ अर्ब रुपैयाँ अपचलन गरेको आरोप लागेको छ । सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २९ फागुन २०८० मा समस्याग्रस्त सहकारी घोषणा गरेको..

सूर्याेदय नगरपालिकाको बार्षिक बजेट १ अर्व ४१ करोड ४६ लाख पारित
१२ असार, इलाम । इलामको सूर्याेदय नगरपालिकाको नगर सभाको १५ औं अधिवेशनबाट आगामी आर्थिक वर्ष २०८१।८२ को लागि १ अर्व ४१ करोड ४६ लाख २७ हजार ५ सय को वार्षिक बजेट पारित भएको छ । मंगलबार बसेको अधिवेशसनको ५ औं बैठकले आइतबार उपप्रमुख दुर्गा कुमार बरालले पेश गरेको आर्थिक विधेयक र विनियोजन विधेयक सभाले पारित गरेको हो । नगरपालिकाले क्षेत्रगत रुपमा आर्थिक विकासको क्षेत्रमा १० करोड ५७ लाख ५७ हजार,..

दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सार्दै झापा गाँउपलिका
१२ असार, झापा । झापाको झापा गाउँपालिकाले दिगो विकासका लागि महत्वाकांक्षी योजना अघि सारेको छ । चालू आर्थिक वर्षको हालसम्म १ करोड ५५ लाख रुपैयाँ मात्र आन्तरिक राजश्व संकलन गरेको झापा गाउँपालिकाले सोमवार ४९ करोड ९० लाख रुपैयाँको बजेट सहितको नीति कार्यक्रम सार्वजनिक गरेको हो । नेपाल सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान, राजश्व बाँडफाँड, त्यस्तै प्रदेश सरकारको बित्तीय समानीकरण अनुदानर राजश्व बाँडफाँडबाट प्राप्त हुने रकम सहित गाउँपालिकाले बजेट सार्बजनिक..

सन्दकपुर गाउँपालिकाको बजेट ४१ करोड ७ लाख
११ असार, इलाम । इलामको सन्दकपुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८१।०८२ को लागि ४१ करोड ७ लाख ६ हजार रुपैयाको बजेट ल्याएको छ । गाउँपालिकाले आर्थिक विकास तर्फ ७ करोड ५१ लाख (१८.२५) बजेट ल्याएको छ । सामाजिक विकास तर्फ १६ करोड ५८ लाख ५० हजार (४०.५५), पुर्वाधार विकास क्षेत्रमा ८ करोड ५९ लाख १३ हजार (२०.९५) बजेट ल्याएको हो । त्यस्तै वन वातावरण क्षेत्र तर्फ ३२ लाख ५० हजार..

यातायात कार्यालय झापाले ११ महिनामा ८५ करोड ७५ लाख राजस्व सङ्कलन गर्यो
११ असार, झापा । यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्षको ११ महिनामा रु ८५ करोड ७५ लाख ५४ हजार पाँच सय ८९ राजस्व सङ्कलन गरेको छ । कार्यालयले जेठ महिनामा मात्रै रु छ करोड २४ लाख ४० हजार चार सय १७ राजस्व सङ्कलन गरेको जनाएको छ । कार्यालयका निमित्त प्रमुख बाबुराम शर्मा लुइँटेलका अनुसार चालु आवको जेठ महिनासम्म सवारीसाधन करतर्फ रु ६९ करोड ७७ लाख ८९ हजार सात सय..

बिर्तामोड नगरपालिकाको १ अर्ब ३९ करोड ९६ लाखको बजेट प्रस्तुत
११ असार, झापा । झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को दोस्रो नगर सभाको पाचौं अधिवेशनबाट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ । ‘उद्योग, व्यापार, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारमा अभिवृद्धि, बिर्तामोड नगरको विकास र सुशासन सहितको समृद्धि’ भन्ने मूल नारासहित नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बजेट प्रस्तुत गरेका हुन् । संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ..

नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा ‘डग च्यू’ अर्थात छुर्पी
१० असार, काठमाण्डौँ । नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तुहरूमा गलैँचा र पाम तथा रिफाइन्ड पाम आयल पर्दछन् । यसका साथै नेपालबाट अधिकांश निर्यात हुनेमा चिया र कफी पनि पर्दछन् । अहिले नेपालबाट निर्यात हुने वस्तुहरूमा सबैभन्दा राम्रो चर्चा र बजार पाइरहको वस्तु हो ‘डग च्यू’ अर्थात छुर्पी । नेपालको पूर्वी पहाडी तथा हिमाली जिल्लाहरूमा चौँरी गाई तथा गाईको दूधबाट छुर्पी तयार गरिन्छ । उक्त कच्चा छुर्पीलाई प्रशोधन र प्याकेज..

उच्च मूल्यबाट घट्यो डलर, यस्तो छ बिदेशी मुद्राको भाउ l
९ असार, । शुक्रबार हालसम्मकै उच्च मूल्य बनाएको अमेरिकी डलर घटेको छ । शुक्रबारको तुलनामा एक अमेरिकी डलरको मूल्य १९ पैसा घटेको हो । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ । यसअघि शुक्रबार यो मूल्य हालसम्मकै उच्च १३४ रुपैयाँ १५ पैसा थियो । त्यस्तै खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकिएको छ । आइतबार कतारी रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ..