प्रदेश–२ मा मन्त्रिपरिषद् विस्तारको तयारी

प्रदेश–२ मा मन्त्रिपरिषद् विस्तारको तयारी


२ श्रावण, काठमाण्डौँ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । नेकपा (माओवादी केन्द्र)पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।

माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । हिजो बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र रुबी कर्णलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरिसकेको छ ।

महोत्तरी क्षेत्र नम्बर–१ को ‘ख’बाट निर्वाचित साह र सप्तरीकी समानुपातिक सांसद कर्णले आज शपथ लिने माओवादी केन्द्र संसदीय दलका सचेतक दिलीपकुमार साहले जानकारी दिनुभयो ।

स्रोतका अनुसार माओवादीबाट मन्त्री बन्न लागेका साहले अर्थ वा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाउनुहुने छ । यी दुवै मन्त्रालयमा जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह)का मन्त्री हुनुहुन्छ ।

प्रदेश–२ सरकारमा नेपाली कांग्रेस यसअघि नै सहभागी भैसकेको छ । उपेन्द्र यादव समूहले महन्थ ठाकुर समूहका मन्त्रीलाई हटाएर कांग्रेसलाई तीन मन्त्रालय दिएर जेठ २६ गते सरकारमा ल्याएको हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर