सतासीधाम जेसिज बर्ष २०२० का नयाँ पदाधीकारीहरुलाई पद हस्तान्तरण

सतासीधाम जेसिज बर्ष २०२० का नयाँ पदाधीकारीहरुलाई पद हस्तान्तरण

शिबसताक्षी । झापाको सतासीधाम जेसिज बर्ष २०२०का नया पदाधीकारीहरुलाई आज एक कार्यक्रमका बिच पद हस्तान्तरण, सपथ ग्रहण तथा पुरस्कार बितरण गरिएको छ । झापाको शिबसताक्षी मा सन २०१३ मा स्थानीय युवाहरुको सक्रियतामा स्थापना भएको सतासीधाम जेसिजले बिभिन्न आरोह अवरोह पार गर्दै आज बर्ष २०२० का नया पदाधीकारीहरुलाई सातौ पद हस्तान्तरण तथा सफत ग्रहण गराएको हो ।
नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष असोक शंकरको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमा सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि असोक शंकरले जेसिज भनेको नेतृत्व र ब्यक्तित्व बिकास गर्ने युवाहरुको साझा संस्था भएकोले जेसिजमा आवद्ध युवाहरु समाजको उदाहरिण नगरिक बन्ने दाबी गरे । उहाँका अनुसार यदि सरकार तथा राजनितिक पाटीहरुले पनि नेतृत्व तहमा जेसिजको नियम पालना गर्ने हो भने देश समृद्धि तर्फ उन्मुख हुन धेरै समय नलाग्ने बताए । पद हस्तान्तरणम तथा सफत ग्रहणमा बर्ष २०१९का अध्यक्ष दिनेश बाराकोटी तथा प्रथम महिला कबिता खरेल बाराकोटीले बर्ष २०२० का अध्यक्ष कुमारसिह साँवा लिम्बु तथा प्रथम महिला बिना साँवा लिम्बुलाई पद हस्तान्तरण तथा सफथ ग्रहण गरिएको हो ।
त्यसै गरि जनसम्पर्क अधिकारीमा जेसी शुर्यप्रकाश योङया,उपाध्यक्ष ४ जनामा क्रमश जेसी बिश्व बिक्रम दाहाल ,जेसी गणेश अधिकारी, जेसी भिमबहादुर बोहोरा र जेसी गोपाल नेयोङ रहेका छन । त्यसैगरि कार्यकरणी उपाध्यक्षमा सिकिन पासवान र अर्जुन भट्टराई रहेका छन । माहासचिबमा जेसी बिनोद ढकाल, कोषाध्यक्षमा जेसी निर्माला प्रधान, सचिबमा जेसी रोहित बस्नेत, तालीम संयोजकमा असोक बस्नेत लगायत ५० बडि बिधामा बिभिन्न समितिको जिमेवार बाडफाड गरि प्रदान गरिएको कार्यक्रम संयोजक कमाल सिन्च्युरीले जानकारी दिए । कार्यक्रमम उपप्रमुख भोजकुमारी नेपाल , नेपाली कंग्रेश माहासमिचि सदस्य देउमान थेबे, नेपाली कंग्रेश नगर सभापति पर्शुराम ढुङगना, नेकपा नगर अध्यक्ष तथा जेसी महेन्द्र भट्टराई लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर