बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

५ फाल्गुन, काठमाण्डौँ । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकालका लागि स्थगित गरीएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ । गएराति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको स्रोतले बताएको छ ।

गत पैष १० गते प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

यस्तै नेकपाको केन्द्रदेखि नै विवाद रहेकाले प्रदेशसभा बैठक पनि लगातार स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270