मनमोहन प्राविधिक विश्वविद्यालयमा मुख्यमन्त्रीद्धारा पारामेडिकल भवनको शिलान्यास

मनमोहन प्राविधिक विश्वविद्यालयमा मुख्यमन्त्रीद्धारा पारामेडिकल भवनको शिलान्यास


१२ मंसिर, मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ स्थित रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पारामेडिकल भवनको शिलान्यास भएको छ । कुल १२ करोड ३१ लाख रुपैयाँमा निर्माण हुने चार तले भवनको बिहीबार विश्वविद्यालयका कुलपति तथा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले शिलान्यास गर्नुभएको हो ।

बुढीगंगा गाउँपालिका ४ स्थित मनमोहन विश्वविद्यालयको परिसरमै बन्न भवन समयमै सम्पन्न हुने र गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिवद्धता मुख्यमन्त्री राईले व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राईले प्रदेशमा मात्र नभएर देशभरिका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि प्रदेश–१ सरकारले कानून बनाएर प्राविधिक विश्वविद्यालय स्थापना गरेको बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो–‘देशलाई अब भनिखाने हैन गरिखाने जनशक्तिको खाँचो छ, यसैले हामीले त्यो खाँचो पुरा गर्न प्राविधिक विश्वविद्यालयमा लगानी गरेका हांै ।’

पारामेडिकल भवनमा हाइड्रोजन फ्युल इनर्जीको प्रषोधन गरीने विषयमा अध्यन हुने छ । यसका लागि मनमोहन प्राविधिक विश्वविद्यालयले पारामेडिकल भवनको शिलान्यास गरेको मनमोहन प्राविधिक विश्वविद्यालयका प्रवक्ता सत्यनारायण चौधरीले बताउँनुभयो ।

कार्यक्रममा प्रदेश–१ का समाजिक विकाश मन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका सह–कुलपति मन्त्री जिवन घिमिरे, बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझि, उपाअध्यक्ष अमिृता कुमारी गच्छदार लगायतको आतिथ्यता रहेको थियो ।

मनमोहन प्राविधिक विश्वविधालयमा आगामी शैक्षिक सत्र २०७८÷०७९ देखी स्नातक तह तर्फ सिभिल इन्जिनियरिङ्ग, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक इन्जिनियरिङ्ग विषयको पठनपाठन सुरु गर्ने योजना रहेको मनमोहन प्राविधिक विश्वविद्यालयका प्रमुख डा. सुवासश्री पोखरेलले बताउनुभयो । हाल उक्त विषयको पाठ्यक्रम, विश्वविधालय नियम र निर्देशिका तयारी भइरहेको उहाँको भनाई छ ।

त्यसैगरी सभिल इन्जिनियरिङ्ग तर्फ रेल्वे, पानिजहाज बिषय समेत समावेश गरी पाठ्यक्रम तयार भई रहेको कुरा उल्लेख गर्नुभयो । केहि वर्षभित्र विश्वविधालयमा स्नातक, स्नातकोत्तर र विधावारिधि तहसम्म व्याचलर इन मेडिकल ल्यावोरेटोरी टेक्नोलोजि, एमपि एच, अप्टिमेट्रि, फार्मेसी, एग्रीकल्चर, फरेष्ट्रि, केमिकल टेक्नोलोजि समेतको अध्यन तथा अनुसन्धान गराइने बताईएको छ । अगामि वर्षमा इलेक्ट्रिकल तर्फ हाइड्रोपावरमा स्नातक, स्नातकोत्तर संञ्चालन हुने विश्वविद्यालयका प्रमुख डा पोखरेलले जानकारी जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर