फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्रदेश–१ मा सार्वजनिक विदा

फाल्गुनन्द जन्मजयन्तीको अवसरमा प्रदेश–१ मा सार्वजनिक विदा

२५ कार्तिक, काठमाण्डौँ । राष्ट्रिय विभूति, किरात धर्मका महागुरु एवं समाजसुधारक फाल्गुनन्द लिङदेनको जन्मजयन्तीको अवसरमा आज प्रदेश–१ मा सार्वजनिक विदा दिईएको छ ।

महागुरु फाल्गुनन्दलाई सामाजिक चेतना फैलाउने र समाजका लागि व्यावहारिक आर्थिक नीति नियम बनाउने एक कुशल अर्थविदका रूपमा पनि लिने गरिन्छ । समाज सुधारक फाल्गुनन्दको जन्म बिक्रम संवत १९४२ साल कार्तिक २५ गते इलामको माङसेबुङ गाउँपालिका–२ (साविक इभाङ–५ चुक्चिनाम्बा)मा भएको थियो ।

बाबु जगुनबाज लिङदेन र आमा हंसमति बेघा लिङदेनका साइँला छोरा हुनुहुन्थ्यो । उहाँको निधन बिक्रम संवत २००५ सालमा भयो । उहाँको जन्मजयन्ती किरात धर्मावलम्वीले पूजाआजासहित विशेष महत्वका साथ मनाउने गरेका छन् । किरातीले उहाँलाई महागुरुका रुपमा पुज्ने गर्छन् । किरात धर्मावलम्बीको मुन्धुमलाई उहाँले लिखित रुपमा ल्याउन सुरुआत गर्नुभएको थियो ।

जीवनको अन्तिम समयसम्म किरात भाषा, लिपि, संस्कार, संस्कृति र समाज सुधारका निम्ती काम गरेकाले उहाँलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ । समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै सरकारले २०६६ साल मंसिर १६ गते महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको हो । महिलालाई पनि पुरुष सरह अधिकार दिनुपर्छ भनेर लैंगिक हिंसकाविरुद्ध उहाँले आवाज उठाउनुभएको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270