चर्चित मोडल अनुशासंग मोडलिङ गर्दै गायक उत्तम राई (भिडियो सहित)

चर्चित मोडल अनुशासंग मोडलिङ गर्दै गायक उत्तम राई (भिडियो सहित)


२४ कार्तिक, काठमाण्डौँ । गायक तथा संगीतकार उत्तम राई र चर्चित मोडल अनुशा राईको अभिनय रहेको ‘हाम्रो माया’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा उनै गायक तथा संगीतकार उत्तम राई र सुरिलो स्वरकी धनी गायिका अनु चौधरीको स्वर रहेको छ ।

लेखु सहयात्रीको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन् । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा कुशल थापाले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल ूग्ततबm च्बष् इााष्अष्बूि मार्फत सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईको कन्सेप्ट तथा छायांकन रहेको म्युजिक भिडियोमा दिनसोन शाहको सम्पादन तथा गायक राईकै निर्देशन रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर