६ कार्तिक, काठमाण्डौँ । आधुनिक र गजल गीत संगीत मार्फत आफ्नो परिचय स्थापित गर्न सफल गायक नितिन गजुरेलले आफ्नो नयाँ गित ’चुपचाप बदलियो’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गजल गीतमा गायक गजुरेलको मिठासपूर्ण गायकी सुन्न सकिन्छ । विशेष त गजल सुन्न मनपराउने स्रोतालाई लक्षित गरिएको गजल गीतमा शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको नै रहेको छ । यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन् ।
करिव ८० को दशकको झझल्को दिने गितको म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन् । काठमाण्डौँको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन् । जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको निर्देशन तयार पारिएको हो ।
भिडियो-