मौलिक टिभी युनिटको नयाँ प्रस्तुती ‘उदासै छ कि..’ (म्यूजिक भिडियो)

मौलिक टिभी युनिटको नयाँ प्रस्तुती ‘उदासै छ कि..’ (म्यूजिक भिडियो)


३ असोज, झापा । विगत लामो समय देखि विभिन्न लघु चलचित्र निमार्ण गर्दै आएको मौलिक टिभी युनिटले फेरी एक म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

संचारकर्मी देशराज नेम्बाङको शब्दमा रहेको ‘उदासै छ कि.. तिम्रो चै संसार कसरी चल्दैछ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको हो । बरिष्ठ संगीतकार विशाल राईको संगीत एवं गायिका इन्द्र कुमारी सम्बाहाङ्फेको स्वरमा रहेको सो गीतको म्यूजिक भिडियो निरन राईको निर्देशन, छायाङकन र सम्पादन निर्माण भएको हो ।

जीवनका विभिन्न बाध्यता र विवशताले छुटिनु परेको मायालु जोडिले आफ्नै घरगृहस्थी चलाई रहेपनि मायालुको सम्झनामा कसरी पीडा हुन्छ ? भन्ने कुरा उजागर गर्न खोजीएको यस म्यूजिक भिडियोमा कलाकारहरु देशराज नेम्बाङ, गंगा लिम्बु, सुरज जबेगु, सुमी जंग राना र दियाना आङ्देम्बे फियाकको अभिनय रहेको छ ।

म्यूजिक भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया:

सम्बन्धित खवर