२ असोज, काठमाण्डौँ । लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा दिपेश राई, भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ । मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा (नियोन)ले छायांकन तथा सम्पादन गरेका हुन् । देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो ।