झापाको शुरक्षा व्यवस्थामा थप कडाई गरिने

झापाको शुरक्षा व्यवस्थामा थप कडाई गरिने


१ असोज, झापा । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जिल्लाको शुरक्षा व्यवस्थामा थप कडाई गर्ने बताउनुभएको छ । पछिल्लो समय बढ्दै गईरहेको शुरक्षा चुनौतीलाई मध्यनजर गर्दे शुरक्षा व्यवस्थामा थप कडाई गर्न जिल्ला मातहतमा रहेका शुरक्षा निकायलाई निर्देशन दिएको उहाँले बताउनुभएको छ । काभ्रेपलान्चोक जिल्लाबाट सरुवा भई झापा आउनुभएका प्रजिअ तिमल्सिनाले बुधवार दमकका पत्रकारहरुसंग भेट्घाट गर्नुहुँदै सो जानकारी गराउनुभएको हो ।

झापामा पछिल्लो समय बढ्दै गईरहेको लागूपदार्थ ओपारपसार तथा सिमा क्षेत्रमा हुने अवैध कारोवारलाई नियन्त्रण गर्न आफू गम्भिर रुपमा लागेको समेत उहाँले बताउनुभयो । झापा जिल्लाका केही क्षेत्रमा भारतिय सिमा अतिक्रमणको विषयमा पनि आफूले अध्यन गरीरहेको भन्दै नेपाल भारतको सिमा क्षेत्रमा थप शशस्त्र प्रहरीको विओपी स्थापना गर्न प्राथमिकताका साथ आफू लागिपरेको उहाँले बताउँनुभयो ।

यस्तै झापामा विगतका बर्षदेखी विभिन्न अभियोग लागेर फरार रहेकाहरुलाई पनि खोजेर कारवाही गरिने उहाँले बताउनुभयो । पहुँचका आधारमा कानूनी कारवाही हुनबाट बचेकाहरुलाई तत्काल कानूनको दायरामा ल्याईने उहाँले स्पष्ट पार्नुभयो ।

त्यसैगरी झापा दमक र इलामको चुलाचुली क्षेत्रमा भएको सिमा विवादको विषयमा समेत उहाँले थप अध्यन गरेर सामधानको प्रयास गर्ने बताउनुभयो ।

 

प्रतिक्रिया:

सम्बन्धित खवर