सिन्धुपाल्चोकको रामचे केन्द्रविन्दु भएर ६ रिक्टरको भुकम्प गयो

सिन्धुपाल्चोकको रामचे केन्द्रविन्दु भएर ६ रिक्टरको भुकम्प गयो

३१ भाद्र, काठमाण्डौँ । सिन्धुपाल्चोकको रामचे आसपास केन्द्रविन्दु भएर पुनः परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको पहिलो परकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसारर साहि ठाँउ आसपास भएर ३.८ म्याग्निच्यूडको अर्काे भ्रकम्प गएको छ । दोस्रो कम्पन्न विहान ६ बजेर १२ मिनेटमा गएको हो ।

बिहान सबेरै गएको परकम्पले राजधानी काठमाडौँ आसपासको भेगमा ठूलो धक्का दिएको छ । उपत्यकासहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

सिन्धुपाल्चोक त्यही जिल्ला हो जहाँ गत २०७२ सालको भूकम्पमा पनि सबैभन्दा बढी मानवीय क्षति भएको थियो । एकपछि अर्काे प्राकृतिक विपत्ति खेप्दै आएको भूकम्पका कारण सिन्धुपाल्चोकबासीमा आजको भूकम्पले थप त्रास बढेको छ ।

बिहान आएको भूकम्पको कारण मानिसहरू सुरक्षाका लागि भन्दै घरबाहिर निस्किएका छन् । इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक (इन्सपेक्टर) नवराज न्यौपानेका अनुसार बाह्रबिसेका स्थानीय डरले घरबाहिर निस्केर बसेका छन् ।

भूकम्पले निकै हल्लाए पनि त्यसबाट भएको क्षतिको जानकारी कतैबाट नआएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश सापकोटाले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सिडिओ) उमेश कुमार ढकालले भूकम्पका कारण जमिन कमजोर भएको अनुमान गर्दै जिल्लाका सबै सुरक्षा निकायहरुलाई अलर्टमा बस्ने निर्देशन दिएको बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर