तास खेलिरहेको अवस्थामा दमकबाट पाँच जना शरणार्थी पक्राउ

तास खेलिरहेको अवस्थामा दमकबाट पाँच जना शरणार्थी पक्राउ


२८ भाद्र, झापा । तास खेलिरहेको अवस्थामा झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविर बेलडाँगीवाट हिजो साझ पाँच जना शरणार्थीलाई नगदसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वेलडाँगी शिविरका ३८ बर्षिय प्रकाश राई, ३६ बर्षिय नरेश दाहाल, ३६ बर्षिय कुमार तामाङ, बिर्खमान राई र २४ बर्षिय सन्तबीर तामाङ रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ताससहित उनीहरुको साथबाट रु १ लाख ५७ हजार समेत बरामद गरिएको दमक प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले बताउनुभयो ।

काठमाडौँ बस्दै आएका मनु गुरुङको हट नम्बर २४५ नम्बरको खाली छाप्रोबाट हिजो साझ ६ बजे तिर गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र थप आवश्यक अनुन्धान भईरहको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर