धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माईन्

धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माईन्


२५ भाद्र, धनकुटा । धनकुटामा सामुहिक यौन शोषणमा परेकी १३ वर्षिया बालिकाले छोरी जन्माएकी छिन् ।

चार जनाको सामुहिक यौन शोषणबाट अवैध गर्व बोकेर महिला पुर्नस्थापना सेवा केन्द्र धनकुटाको संरक्षणमा रहेकी एक हिंसा पिडित बालिकाले सोमवार साँझ कोशि अञ्चल अस्पताल विराटनगरमा छोरी जन्माएकी हुन् । शिशु जन्मिएसंगै बच्चा कस्को हो भनेर सर्बत्र चासोको विषय बनेको छ । यौन हिंसा गर्ने चारै जना आरोपीहरु पुर्पक्षका लागी कारगारमा छन् ।

१३ वर्र्षीया दलित बालिकामाथि लामो समय देखी पटक÷पटक यौन शोषण गरेको आरोपमा पिडित परिवारको उजुरीको आधारमा उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेहरुमा एक शिक्षकसहित चार जना अभियुक्तलाई पुर्पक्षको लागी जिल्ला कारगार धनकुटामा थुनामा राखीएको छ । उनीहरुको मुद्धा जिल्ला अदालत धनकुटामा विचारधिन अवस्थामा रहेको छ ।

चारै जनाले बारम्बार यौन शोषण गरेको किटानी जाहेरी प्रहरीमा परेपछि बालिका महिला पुनःस्थापना सेवा केन्द्रको संरक्षणमा रहेकी थिईन भने पिडकहरु अहिले कारगारमा रहेका छन् ।

पुर्पक्षका लागी थुनामा परेकाहरु मध्ये अधिकारी थर भएका शिक्षक लामो समय देखी यौन शोषण गरेको आरोपमा गएको ०७७ वैसाख २७ गते सनिवार पक्राउ परेका थिए । अन्य ३ जनालाई वैसाख २६ गते शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालत धनकुटाका माननिय न्यायधिश फणिन्द्र पराजुलीको एकल इजलासले उनीहरुलाई पुर्पक्षको लागी थुनछेकको वहस पछि थुनामा राख्ने आदेश दिएका थिए ।

जिल्ला अदालत धनकुटामा साँछी बकपत्र सकिए पनि कोरोना संक्रमणका कारण भएको लकडाउन लगायतले गर्दा पेसी पटक÷पटक सरेकोले फैसला हुन वाँकी रहेको बताइएको छ ।

हिंसा पिडित बालिका महिला पुनःस्थापना सेवा केन्द्रमा राखिएको ४ महिना पछि अवैध गर्वबाट शिशु जन्माएकी हुन् । उनी महिला पुनःस्थापना सेवा केन्द्र धनकुटामा रहने क्रममा सुत्केरी वेथा लागेकोले आईतवार साँझ जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन लगेका थिए । तर बालिकाको पेटमा रहेको बच्चा उल्टो बसेकाले जिल्ला अस्पताल धनकुटामा सुत्केरी गराउन नमिल्ने भएपछि सोमवार कोशि अञ्चल अस्पताल विराटनगर लगिएको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाकी उपाध्यक्ष सुक्री राईले बताउनुभयो ।

हिंसा पिडित बालिकालाई ओसिएमसी एकद्धार संकट व्यवास्थापन कार्यक्रमको सहयोगमा निःशुल्क शल्यक्रिया गरेर शिशु जन्मीएको उपाध्यक्ष राईले वताउनुभयो । जिल्ला अस्पताल धनकुटाले पनि ओसिएमसी कार्यक्रमको सहयोगमा विराटनगर स्थित कोशि अञ्चल अस्पताल विराटनगरमा रेफर गरेको थियो ।

त्यसैगरी आफ्नै बुबावाट यौन हिंसामा परि गर्व रहेको चौविसे गाउँपालिकाकी अर्की बालिका पनि सुत्केरी हुने अवस्था रहेको महिला पुनःस्थापना सेवा केन्द्र धनकुटाले जनाएको छ । हाल एक जना सुत्केरी भैसकेको, एक जना अशोज अन्तिममा सुत्केरी हुन लागेको र दुई जना आफ्नै बुवाबाट जर्वजस्ती करणीवाट गर्व रहेको र ३–४ जना मिलेर जर्वजस्ती करणीमा परेकी एक जना अपाङ्ग बालिका समेत गरी पाँच जना केन्द्रको संरक्षणमा रहेको सेवा केन्द्रकी अध्यक्ष हिमा चेम्जोङ्गले बताउनुभयो ।-file photo.

प्रतिक्रिया:

सम्बन्धित खवर