चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु

चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु

२१ भाद्र, सुनसरी । सुनसरीको सिमावर्ती देवानगञ्ज गाउँपालिका–६ मा एक पुरुषको चट्याङ लागेर मृत्यु भएको छ ।

हिजो दिउसो पानी संगै परेको चट्याङले देवानगञ्जका ३५ वर्षिय सन्तकुमार मेहताको मृत्यु भएको हो ।

खेतमा काम गरिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका मेहताको उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लगिएकोमा हस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर