१० भाद्र, झापा । झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना भाईरसको संक्रमण देखिएको छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षण रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्रोतले बताएको छ ।
उनीहरुको एक साता अघि स्वाब सङ्कलन गरेर परिक्षणका लागि विराटनगर पठाईएको थियो ।
आज संक्रमण देखीएका मध्ये दुइजना औषधी ब्यवसायी हुन् ।
संक्रमितहरु केहि नगरपालिकाको क्वारेन्टाइनमा रहे पनि अधिकांस भने होम क्वारेन्टाईनमा छन् ।
अहिले नगरपालिका स्वास्थ्य शाखाको आकस्मीक बैठक वसिरहेको छ । बैठकमा संक्रमितहरुको बसोवास क्षेत्रलाई सिल गर्ने बिषयमा छलफल भईरहेको बताईको छ ।