नागढुंको सुरुङ मार्ग खन्ने कार्य सुरु हुँदै

नागढुंको सुरुङ मार्ग खन्ने कार्य सुरु हुँदै

४ भाद्र, काठमाण्डौँ । राष्ट्रिय प्राथमिकता प्राप्त नागढुंगा सुरुङ मार्गको मुख्य सुरुङ खन्ने कार्य सुरु हुँने भएको छ । सुरुङ निर्माणको ठेक्का पाएको जापानी ठेकेदार कम्पनीले तीन हप्तापछि सुरुङ खन्ने कार्य सुरु गर्ने सडक विभागले जनाएको छ ।

विभागको बैदेशिक समन्वय महाशाखाका निमित्त प्रमुख रुपकराज भण्डारीले अबको २१ दिनपछि सुरुङको मुख्य सुरुङ खन्ने कार्य थाल्ने कार्ययोजना ठेकेदार पक्षले पेस गरेको जानकारी दिनुभयो ।

सोहीअनुसार सो कम्पनीले निर्माण सामग्री, मेसिनहरु लगायतको बन्दोबस्ती गरिरहेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार ठेकेदार कम्पनीले सुरुङ खन्न चाहिने मिसेनरी सामग्री ८० प्रतिशतको हारहारीलाई नेपाल ल्याइसकेको छ ।

त्यसबाहेक सुरुङ मार्ग निर्माण आयोजनालाई अत्यावश्यक रुपमा चाहिने विस्फोटक पदार्थ खरिद प्रक्रिया थालेकाले कार्ययोजनाअनुसार काम हुनेमा ढुक्क रहेको प्रमुख भण्डारीले बताउनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर