२५ श्रावण, झापा । योङहाङ समाज इलामले क्यान्सर पिडित विरवहादुर श्रेष्ठलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । इलाम फाकफोकथुम–७ साविक एकतप्पा खम्बुवा निवासी श्रेष्ठलाई आज एक लाख ५५ हजार एक सय अठासी रुपैयाँ रकम हस्तान्तरण गरेको हो ।
करिव एक वर्षयता क्यान्सर रोगी श्रेष्ठको, बचाउ अभियानका लागि समाजले एक महिनादेखी आर्थिक संकलन अभियान सुरु गरेको थियो ।
अभियान अन्तर्गत देश विदेशमा रहेका सहयोगीहरुले आर्थिक सहयोग गरेका छन् । सो आर्थिक रकम संकलन योङहाङ समाज इलामको नेतृत्वमा भएको हो । बिरामी हाल पूर्वाञ्चल क्यान्सर हस्पिटल विर्तामोड झापामा उपचारको क्रममा रहेका छन् ।
उनी दमक नगरपालिका वडा ३ ताराबारीमा बहिनी–ज्वाईँको घरमा बस्दै आएका छन् । समाजको टोलीले सोही ठाउँमा पुगेर रकम हस्तान्तरण गरेको हो ।
क्यान्स पिडित विरवहादुर सहित उनकी छोरी(विच) र बहिनी
विरवहादुरको उपचारार्थ सहयोग संकलन भने जारी रहेको समाजका अध्यक्ष तथा फाकफोकथुम–७ का वडा सदस्य पञ्चवहादुर योङहाङले बताउनुभयो । आफुहरुले आजसम्म संकलन भएको रकम मात्र हस्तान्तरण गरेको भन्दै उहाँले संकलन भने जारी रहेकाले सहयोगी मनहरुलाई सहयोगको अपिल गर्नुभयो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजका तर्फबाट अध्यक्ष पञ्चवहादुर योङहाङ, सल्लाहकार छत्रवहादुर योङहाङ, एकतप्पा सेवा समाज झापाका अध्यक्ष डबल वहादुर योङहाङ, फाकफोकथुम–७ स्थायी घर भई हाल शिबसताक्षी–१० दोमुखा निबासी नरवहादुर योङहाङ, याक्थुङ लेखक संघ इलामका अध्यक्ष अर्जुन योङहाङ, समाजकै सदस्य तथा लिम्बु विद्यार्थी मंञ्च इलामका अध्यक्ष अतित योङहाङको उपस्थिति रहेको थियो ।
यता विरामीको तर्फबाट सहयोग रकम ग्रहण गरेपछि विरामी र उनका बहिनी–ज्वाईले समाज परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । साथै अहिलेसम्मको उपचारमा आफ्नो सबै सम्पत्ति सकिएको भन्दै सहयोगको लागि अपिल समेत गरेका छन् ।