मेची अंञ्चल अस्पतालको आइसोलेसन चार दिनमै भरियो

मेची अंञ्चल अस्पतालको आइसोलेसन चार दिनमै भरियो


२५ श्रावण, झापा । झापाको भद्रपुर नगरपालिका स्थित मेची अंञ्चल अस्पतालको आइसोलेसन विरामीले भरिएको छ । सोमबारदेखि राखिएको कोरोना संक्रमित उपचार आईसोलेसन चार दिनै भरिएको हो ।

२२ बेडको आइसोलेसनमा २२ जना संक्रमित भर्ना गरिएसँगै आइलोसेलन भरिएको अस्पतालले जनाएको छ । अस्पतालमा संक्रमित राख्ने ठाउँ नभएपछि मेचीनगर नगरपालिकाका ८ मध्ये २ जनालाई धाइजन स्वास्थ्य चौकीको क्वारेन्टानमा राखिएको छ ।

अहिले जिल्लामा पुष्टि भएका संक्रमितलाई क्वारेन्टाइन पठाउन थालिएको छ । मेची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पीताम्बर ठाकुरका अनुसार अस्पतालको आइसोलेसनका लागि थप बेड राख्न सक्ने स्थान नभएको र यसको लागि छुट्टै स्थान चाहिने बताईएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर