२३ श्रावण, सुनसरी । सुनसरीमा निषेधित क्षेत्र घोषणाको बीचमा चोरी तस्कारी गर्नेहरुले भन्सार छलि ल्याएकोे सुर्ती प्रहरीले बरामद गरेको छ ।
विहीबार रातीको समयमा भन्सार छलि गरी नेपालतर्फ सुर्ती लगायतका सामान ल्याउदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीले ती बस्तुहरु बरामद गरेको हो ।
प्रहरीले विशेष सूचनाको आधारमा सुनासरीको इनरुवा ९ बविया चोकबाट को १ ज ३५०३ नम्बरको सवारी चालक इटहरी १७ का ३५ वर्षिय कृष्णा कुमार साह सहित भन्सार छलि ल्याएको सुर्ती बरामद गरेको जनाएको छ ।
प्रहरीले गाडी र २४ बोरा सुर्ती तथा २० बोरा भुजा सहितका सामान पक्राउ गरी आज चालक साह सहित सामान आवश्यक कारवाहिको लागि सेतुवन्ध भन्सार कार्यालय कोशीव्यारेज सुनसरी पठाएको प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।