धरानमा आज राति १२ बजेबाट लकडाउन घोषणा

धरानमा आज राति १२ बजेबाट लकडाउन घोषणा

२१ श्रावण, सुनसरी । सुनसरीको धरानमा आज राति १२ बजेबाट लागु हुनेगरी एक साताका लागि लकडाउन हुने भएको छ ।

आज बसेको धरान उपमहानगरपालिकाको बैठकले समुदायमा संक्रमण फैलिएको निश्कर्ष निकाल्दै एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख तिलक राईले जानकारी दिनुभयो ।

उहाँले जनस्वास्थ्यविद्हरुसँग छलफल गर्दा पनि उनीहरूले एक साता लकडाउन गरेर परिस्थिति अनुसार अघि बढ्न सुझाएको बताउनुभयो ।

योसँगै आज मध्यरातबाट धरानमा अत्यावश्यक बाहेक सबै सेवा बन्द हुनेछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर