रचना रिमाल र उत्तम राईको नयाँ ‘लोक आधुनिक’ गीत सार्वजनिक(भिडियो सहित)

रचना रिमाल र उत्तम राईको नयाँ ‘लोक आधुनिक’ गीत सार्वजनिक(भिडियो सहित)


१९ श्रावण, काठमाण्डौँ । गायिका रचना रिमाल र गायक तथा संगीतकार उत्तम राईको नयाँ लोक आधुनिक गीतको भिडियो ‘पानी मिठो धाराको’ सार्वजनिक भएको छ । रिमाल नेपाल आईडलबाट अर्गानिक स्वरकी धनी भनेर चर्चामा आएकी हुन् ।

मिरा देवी राईको उत्कृष्ट शब्दलाई उनै गायक तथा संगीतकार उत्तम राईले संगीत भरेका हुन । गीतमा पदम राजन मगरको संगीत संयोजन रहेको छ भने गीतलाई स्टुडियो ए प्लसमा नरेश बिबिसीले रेकर्डिङ अनि साजन शाहले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

गायक तथा संगीतकार उत्तम राईको आफ्नै अफिसियल युट्युब च्यानल ‘उत्तम राई अफिसियल’ मार्फत सार्बजनिक गरिएको यस गीतको भिडियोमा स्वयम् गायक अनि गायिकाको अभिनय देख्न सकिन्छ । गीतमा एक अर्काको बयान अनि पहिलेको मिठा यादहरु समेटिएको छ ।

यस गीतको भिडियो निर्देशन एवं सम्पादन प्रविन भट्टले गरेका हुन् भने छायांकन अनिल के मानन्धरले गरेका हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर