१८ श्रावण, सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराघाटमा ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा एक युवकको ज्यान गएको छ ।
शनिबार बिहान जेसिबीले सडकमा खसेको ढुङ्गा पन्छाउने क्रममा ढुङ्गा खस्दा भोजपुर आमचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
शनिबार भएको घटनामा अर्का उनीसँगै रहेका दाजु ३० वर्षीय शङ्कर राई र १० वर्षीय अजय राई गम्भीर घाइते बनेको इलाका प्रहरीकार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पाण्डव राजवंशीले जानकारी दिनुभयो ।
स्वामी नारायण एण्ड आशिर्वाद कम्पनीले सामान ल्याउने क्रममा बाटोमा गएको पहिरो पन्छाउँदा ढुङ्गा खसेको कम्पनीको १ क १७६० नम्बर जेसिभीले अवरोध पुर्याएका सडकको पहिरोलाई पन्छाउने क्रममा ढुङ्गा खसेर राईलाई लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
जेसिबी चालक झापा गौरीगञ्जका ३६ वर्षीय कमलबहादुर खत्रीलाई नियन्त्रणमा लिएको इन्स्पेक्टर राजवंशीले जानकारी दिनुभयो ।