पूर्वसचिव प्रेमकुमार राई अख्तियार प्रमुख बन्दै

पूर्वसचिव प्रेमकुमार राई अख्तियार प्रमुख बन्दै

१८ श्रावण, काठमाण्डौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा गृहमन्त्रालयका पूर्वसचिव प्रेमकुमार राईलाई नियुक्त गर्ने तयारी गरेको छ ।

अख्तियार प्रमुख नवीन घिमिरेको समयअवधि सकिनै लाग्दा सरकारले नयाँ प्रमुखको विषयमा यस्तो तयारी गरेको स्रोतको दावि छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाबीच भएको छलफलबाट प्रमुखमा राई र अन्य दुई आयुक्तको नाम समेत टुंगो लागि सकेको स्रोतले जानकारी दिएको छ ।

पूर्व सचिव राइर्लले गत माघमा मात्र गृह मन्त्रालयबाट अवकाश पाएका थिए । राई प्रधानमन्त्री ओलीका विश्वासपात्र मानिन्छन् ।

त्यस्तै, रिक्त आयुक्तहरुमा दीलिप रेग्मी र गजेन्द्र ठकुरीको नाम पक्का भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर