पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्य छैनः पर्यटन मन्त्री भट्टराई

पशुपति क्षेत्रमा भइरहेको अतिक्रमण स्वीकार्य छैनः पर्यटन मन्त्री भट्टराई


१७ श्रावण, काठमाण्डौँ । पर्यटन सँस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गर्ने बताउनुभएको छ ।

उहाँले व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमा भइरहेको अतिक्रमणलाई भने स्वीकार नगर्ने पनि स्पष्ट पार्नुभएको छ ।

सामाजिक सन्जाल ट्वीटरमार्फत मन्त्री भट्टराईले यी धारणा सार्वजनिक गर्नुभएको हो । उहाँले ट्वीटरमा लेख्नुभएको छ, ‘पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्बद्र्धन गरिने छ । स्थानीय जात्रा र पर्वको जगेर्ना गरिने छ । व्यक्तिगत र व्यापारीक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई भने स्वीकार गरिने छैन । कुरा यही हो ।’

अतिक्रमणको चपेटामा परेको कोषको जग्गाका सम्बन्धमा उहाँले लेख्नुभएको छ, “पशुपतिको सम्पति माथिको अतिक्रमण रोक्न गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गरिनेछ ।”

कोषको उक्त जग्गा विगतमा विभिन्न मुद्दा मामिला झेल्दै आएको तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निगरानी गरेको छ ।

पछिल्लो पटक अख्तियारले पशुपतिको बृहत्तर हितमा रहने गरी पारदर्शी र प्रतिस्पर्धी ढङ्गले उपयोग गर्न कोषलाई लिखित निर्देशन दिएको छ । सोही निर्णयका आधारमा पारदर्शी कार्यविधि बनाएर जग्गाको माटो र बालुवा व्यवस्थापन गरी दैनिक चोरी निकासी रोक्नेगरी काम अघि बढाइने पर्यटनमन्त्री भट्टराईको भनाई छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर