झापाको बुद्धशान्तिमा खोलाले बगाएर ४ वर्षीय बालको मृत्यु

झापाको बुद्धशान्तिमा खोलाले बगाएर ४ वर्षीय बालको मृत्यु

१३ श्रावण, झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा खोलाले बगाएर एक बालको मृत्यु भएको छ ।

बुद्धशान्ति–३ का महेश राईको छोरा ४ वर्षीय मौषम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापादे जनाएको छ । घर बाहिर खेल्ने क्रममा घर नजिकैको हडिया खोलाले बालकलाई बगाएको थियो ।

खोलामा बग्दै गरेको अवस्थामा स्थानियले तत्काल उद्धारगरी उपचारको लागि स्थानिय लिभिङ होप पोलिक्लिनिक बुधबारेमा लगिए पनि बालकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया:

सम्बन्धित खवर