काठमाण्डौँको कमलादीबाट १५ किलो सुन बरामद

काठमाण्डौँको कमलादीबाट १५ किलो सुन बरामद


१३ श्रावण, काठमाण्डौँ । काठमाण्डौँको कमलादीबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ । सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

कारोबारीले फालेको झोला सर्च गर्दा १५ किलो सुन र दुईथान हतियार फेला परेको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ ।

तर बरामद भएको बस्तु सुन भए नभएको पुष्ट भईसकेको छैन । तयसलाई परीक्षणका लागि पठाइएको छ ।

प्रहरी टोलीले पिछा गर्ने क्रममा सुन र दुई थान पेस्तोल छाडेर भागेको प्रहरी स्रोतले बताएको छ । यसबारे जानकारी दिन प्रहरीले पत्रकार सम्मेलन समेत गर्दैछ ।

प्रतिक्रिया:

सम्बन्धित खवर