मेरुदण्ड भाँचिएर थलिएकी श्रेष्ठलाई आर्थिक सहयोग

मेरुदण्ड भाँचिएर थलिएकी श्रेष्ठलाई आर्थिक सहयोग

१२ श्रावण, झापा । मेरुदण्डको हड्डी भाँचिएर घाइते भएकी सरस्वती श्रेष्ठलाई हिजो रु एक लाख ६५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ ।

गोठला जाँदा भीरबाट लडेर थलिएकी श्रेष्ठको उपचारमा सहयोग पुरयाँउन सरस्वती श्रेष्ठ बचाउ अभियान सहयोग समिति उर्लाबारीले रु एक लाख ६५ हजार ३४ रुपैयाँ सहयोग हस्तान्तरण गरिएको सामाजिक अभियन्ता सम्झना तामाङले वताउनुभयो ।

उनीसहित सञ्चारकर्मी महिमा लिम्वूको पहलमा विभिन्न देशमा रहेका नेपालीहरुबाट अभियानमार्फत सहयोग जुटाएका हुन् । विरामी श्रेष्ठको उर्लाबारी ५ मा पुगेर समितिले हस्तान्तरण गरेको हो । यसअघि पनि असार २८ गते उनीहरुको पहलमा नै रु ५२ हजार रुपैयाँ र सर्जिकल सामान सहयोग गरिएको थियो ।

पाँथरको तुम्वेवा गाउँपालिका ५ हाङगुम घर भई उपचारको क्रममा उर्लावारीमा दिदी भेनाको घरमा बस्दै आएकी १६ वर्षीया श्रेष्ठलाई स्वदेश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर