८ श्रावण, सुनसरी । सप्तकोशी नदीले सुनसरीको वराहक्षेत्र नगरपालिका स्परमा कटान थालेपछि नियन्त्रणको प्रयास थालिएको छ ।
कोशीले बराहक्षेत्र नगरपालिका ६ मा पर्ने ठाकुरबारी क्षेत्रको १० नम्बर स्परमा कटान थालेको जिल्ला प्रसासन कार्यालय सुनसरीले जनाएको छ ।
सो क्षेत्रमा यतिबेला सुरक्षाकर्मी सहित स्थानीय र ठुलो संख्यामा कामदार खटिएका छन् । यसअघि पश्चिम तर्फ बहँदै आएको नदीको वपहाव परिवर्तन हुँदा स्पर नम्बर ९ र १० मा जोखिम बढेको सुनसरी प्रशासनले जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलका अनुसार १० नम्बर स्परमा नदीको बेग सोझै ठोकिदा केही भाग कटानमा परेको मर्मतको काम थालिएपनि १० नम्बर स्परमा बढी जोखिम देखिएकाले तिव्र गतिमा तारजाली र बालुवा भरिएका बोरा राख्ने काम भईरहेको छ ।
प्रमुख पोखरेलका अनुसार नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित स्थानीयका अलावा दुई सय बढी कामदार स्पर मर्मत तथा कटान नियन्त्रणकालागि खटिएका छन् । कटान सामान्य भएपनि जोखिम नबढोस भन्ने हेतुले प्रोकोपाइन राख्ने देखि तारजाली र बालुवा सहितका बोरा राखी तटबन्ध मजबुत गर्ने काम भईरहेकाले अत्तिहाल्नु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।