झापामा पहिरोले घर पुर्दा एक वालकको मृत्यु, तीन जना घाईते

झापामा पहिरोले घर पुर्दा एक वालकको मृत्यु, तीन जना घाईते

७ श्रावण, झापा । झापाको बुद्धशान्ति–७ मोदी डाँडामा पहिरोले घर पुर्दा एक जनाको ज्यान गएको छ । ३ जना घाइते भएका छन् ।

गएराति करीव १०ः३० बजेतिर बुद्धशान्ति ७ का तेजकुमार बराइलीको घर पहिरोले पुर्दा मामाघर पाहुना आएका मेचीनगर–९ मागुरमाडीका १५ बर्षीय विवेक दर्नालको ज्यान गएको हो । अविरल वर्षासँगै गएको पहिरोका कारण बराइलीको घर भत्किँदा ७७ वर्षीया तीलमाया बराइली, २१ वर्षीया कल्पना बराइली, १९ वर्षीया पृष्टिना बराइली घाइते भएका छन् ।

उनीहरुको स्थानीय मेडिकल लिभिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हिजो राति गएको पहिरोले घर पुर्दा घाइते भएकाहरुलाई स्थानीयवासी, प्रहरी र जनप्रतिनिधिले उद्धार गरेको वुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो ।

पहिरोका कारण सोही ठाउँका थप दुई घर जोखिममा परेपछि उनीहरुलाई स्थानीय चर्चमा राति नै सारिएको छ । वुद्धशान्ति गाउँपालिका इलामसँग सिमाना जोडिएको स्थानिय तह हो ।

प्रतिक्रिया:

सम्बन्धित खवर