माईखोलाको बाढीमा फसेका दुईको नेपाली सेनाद्धारा उद्धार

माईखोलाको बाढीमा फसेका दुईको नेपाली सेनाद्धारा उद्धार

६ श्रावण, इलाम । गएराति माईखोलाको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाको टोलीले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो ।

माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको जनाएको छ ।

माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फसेका थिए । सो खबर पाएलगत्तै पशुपतिप्रसाद गणबाट खटिएको नेपाली सेनाको टोलीले उनीहरुरुको सकुशल उद्धार गरेको होे । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उनीहरु फसेका थिए ।

प्रतिक्रिया:

सम्बन्धित खवर