३ श्रावण, इलाम । मिर्गाैला पिडित इलाम नगरपालिका–११ की सन्चरानी लिम्बूलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । स्थानिय बिरू लिम्बूको अगुवाईमा देश तथा बिदेशमा रहेका नेपालीहरूबाट संकलन गरिएको रु ७ लाख २९ हजार ३ सय ५० रुपँैया रकम आज हस्तान्तण गरिएको हो ।
उक्त रकम देश तथा बिदेशमा रहेका २० जना नेपालीहरुबाट संकलन भएको स्थानिय बिरू लिम्बूले बताउनुभयो ।
आज वडाध्यक्ष रबिन्द्र एक्तेनको उपस्थितमा सो रकम बिरामी समक्ष पुगेर हस्तान्तरण गरिएको हो ।
बिरामी सन्चरानी र उनको परिवारले सहयोग गर्ने सबैमा धन्यवाद ब्यक्त गरे ।
अहिले पिडित सन्चरानी लिम्बूको दुवै मिर्गाैलाले काम गर्न छाडेको छ ।