दमक नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत धिमाल समुदायलाई वुंगुरको पाठा

दमक नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत धिमाल समुदायलाई वुंगुरको पाठा


३ श्रावण, झापा । झापाको दमक नगरपालिकाले नगरको प्रथम नागरिक धिमाल जातिलाई कृषि कार्यक्रम अन्तर्गत वुंगुरको पाठा वितरण गरेको छ ।

धिमाल व्यवस्थापन समिति संगको समन्वयमा आज एक कार्यक्रममा विच नगरपालिकाले नगरमा रहेका धिमाल समुदायका १७ परिवारलाई एक–एक वटा वुंगुरको भुनी (पाठी) वितरण गरेको हो ।

दमक ९ स्थित धिमाल सांस्कृतिक संग्राहलयको हलमा भएको औपचारिक कार्यक्रमा नगर प्रमुख रोमथान ओलीले सो वुंगुरको पाठा हस्तान्तरण गर्नुभयो ।

धिमाल व्यवस्थापन समिति दमकका अध्यक्ष अननलाल धिमालको अध्यक्षतामा भएको वुंगुर वितरण कार्यक्रममा नगर प्रमख ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा व्यवसायी केन्द्र प्रसाई लगायत धिमाल अगुवाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया:

सम्बन्धित खवर