मुख्यमन्त्री राउत भन्छन्ः स्थानीय तहको क्वारेन्टिन ‘मौतका कुवा’ बन्यो, संघीय सरकारले खै बजेट पठाएको ?

मुख्यमन्त्री राउत भन्छन्ः स्थानीय तहको क्वारेन्टिन ‘मौतका कुवा’ बन्यो, संघीय सरकारले खै बजेट पठाएको ?

२० जेष्ठ, काठमाण्डौँ । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले काठमाडौंमा बसेर भाषण गर्दैमा प्रदेशको अवस्थामा सुधार हुन नसक्ने टिप्पणी गर्नुभएको छ ।

आज श्रम पत्रकारहरुसँग अनलाइन भेटघाट गर्दै मुख्यमन्त्री राउतले संघीय सरकारले निश्चित योजना नबनाई भाषण मात्रै गरेर कोरोना रोकथाम र नियन्त्रण हुन नसक्ने बताउनुभएको हो ।

प्रदेश–२ मा कोरोनाको संक्रमण फैलिइरहेको र यसको प्रमुख कारण सीमामा कडाइ नहुनु तथा क्वारेन्टिन राम्रो नहुनु रहेको भन्ने पत्रकारको प्रश्नमा उहाँले यस्तो जवाफ दिनुभएको हो ।

‘काठमाडौंको मन्त्रालय, मिडिया हाउस र बीआईसीसीमा बसेर भाषण गर्दैमा स्थिति सुध्रिदैन । संघीय सरकारले कोरोना रोकथामका लागि कति बजेट दियो ? कुन कुन पदाधिकारी स्थानीय स्तरमा पुगे ?’ उहाँले भन्नुभयो–‘कुन मन्त्रीले फोन गरे सोध्नुभयो पालिकाहरुलाई ?

त्यसकारण अरुलाई निर्देशन दिएर मात्रै हुँदैन, स्थानीयस्तरको अवस्था पनि बुझ्नुपर्छ । उनीहरु पनि फिल्डमा आउनुपर्छ । आवश्यकमात्रामा बजेट पनि दिनुपर्छ ।’

मुख्यमन्त्री राउतले संघीय सरकारले स्थानीय तहमा बजेट नपठाएको कारण स्थानीय तहको क्वारेन्टिन ‘मौतका कुवा’ बनेको समेत आरोप लगाउनुभएको छ ।

‘हामीले तयार गरेको क्वारेटिनन राम्रो नै छ । तर वडा स्तरमै क्वारेन्टिन बनाइएकोे छ, त्यो राम्रो छैन । त्यहाँ सुत्न सक्ने अवस्था पनि छैन ।’ आक्रोशित मुद्रमा उहाँले भन्नुभयो–‘उनीहरुले प्रयोग गर्ने शौचालय राम्रो छैन र एक संक्रमितकै कारण अरु पनि संक्रमित बनिरहेका छन् । यहाँहरुले जे सुन्नुभएको छ, त्यसमा धेरै सत्यता छ र स्थानीय तहले बनाएको क्वारेन्टिन सन्तोष जनक छैन । त्यसकारण त्यो मौतका कुवा जस्तै बनेको छ ।’

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270