प्रदेश सरकारको बजेटमा निजी क्षेत्रलाई समेट्न माग

प्रदेश सरकारको बजेटमा निजी क्षेत्रलाई समेट्न माग

६ जेष्ठ, विराटनगर । आगामी बजेटले उद्योग व्यवसाय क्षेत्रको प्रोत्साहन तथा विकास गर्न उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएका छन् ।

कोरोना भाइरसको महामारीको वर्तमान अवस्था रहेकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि प्रदेश सरकारले ल्याउने बजेटमा उद्योगरव्यवसाय क्षेत्रको प्रोत्साहन एवं विकासका साथै प्रदेशको समग्र आर्थिक विकासका सन्दर्भलाई समेट्नुपर्ने विषयमा दुवै संस्थाका अध्यक्षद्वय भीम घिमिरे र प्रकाश मुन्दडाले मुख्यमन्त्री राईलाई सुझाव दिनुभएको हो ।

सङ्गठनका अध्यक्ष घिमिरेले विश्वव्यापी महामारीको यस समयमा निजी क्षेत्रले पुर्याउँदै आएको सहयोगका बरेमा उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रको भूमिकालाई अझ व्यापक बनाउनुपर्ने बताउनुभएको छ ।

सङ्घका अध्यक्ष मुन्दडाले वर्तमान कठिन परिस्थितिमा उद्योग व्यवसाय सञ्चालनका लागि सङ्घीय, प्रदेश र स्थानीय निकायबाट तोकिएको प्रावधानबीच एकरुपता नहँुदा उद्योग व्यवसाय सञ्चालनमा विभिन्न बाधा व्यवधान अनि कठिनाइको सामना गर्नु परिरहेकाले उद्योग व्यवसाय सञ्चालनको सहज वातावरण बनाउन तीनै तहका सरकारबीच आवश्यक समन्वय गरी पहल गर्न मुख्यमन्त्रीसमक्ष अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270