जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

जावलाखेलमा अर्धबेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु

१ असार। ललितपुरका जावलाखेलमा अर्धचेत अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरु शुक्रवार राती साढे ८ बजे अर्धबेहोश अवस्थामा फेला परेका थिए । अर्धबेहोश अवस्थामा फेला परेका दुवैजनालाई प्रहरीले उपचारको लागि पाटन अस्पताल लगेको थियो ।

उपचारको क्रममा उनीहरुको साढे ९ बजे मृत्यु भएको थियो । घटना सम्बन्धमा अनुसन्धान कार्य शुरु गरिएको ललिलतपुर जिल्ला प्रहरी परिसरले जनाएको छ । दुबैको शव शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमार्टमको लागि पठाइएको छ ।

उनीहरुले ११ वर्ष अघि बिहे गरेका थिए । तर पछिल्लो समय श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिएको थियो । उनीहरुबीचको सम्बन्ध बिग्रिएकै कारण कोठामा श्रीमती रेणु मात्रै बस्दै आएकी थिइन् । उमेश घटना हुनुअघि दिनभरी कोठा वरिपरि घुमिरहेका थिए । प्रहरी स्रोतका अनुसार उनीहरुको कोठाबाट २ वटा पोइजनको जस्तो देखिने बट्टा भेटिएको थियो । उनीहरुको शरीरमा कुनै घाउ चोट नभेटिएको प्रहरीको भनाइ छ ।

भित्रैबाट ढोका लगाइएकाले छिमेकीले झ्यालबाट हेर्दा उनीहरु बेहोश अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनीहरुले मृत्युको कारण बिष सेवन हो वा अन्य कारण हो भनेर पोष्टमार्टम रिपोर्टले बताउने प्रहरीले बताएको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270