५ जेठ । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव फेला परेको छ ।
बिर्तामोड–३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको परालको थुप्रोमा अन्दाजी वर्ष ५५–६०का व्यक्तिको बेवारिसे शव शुक्रवार दिउँसो फेला परेको हो ।
शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मागिखाई हिड्ने व्यक्ति मृत फेला परेको स्थानीयले बताएका छन् ।
बिरामी रहेका ती व्यक्तिको अत्यधिक गर्मीका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।