२ बैशाख, झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सनिबार राति ११ः३० बजेको समयमा कमल गाउँपालिका वडा न.३ सानो केर्खास्थित राजमार्गमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको बा ६४ प १४०० नं. को मोटरसाईकल आफै अनियन्त्रित भई कल्भर्टमा ठोक्किन गई दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाईकल चालक अर्जुनधारा नगरपालिका वडा न.४ बस्ने २७ वर्षीय पिरती भन्ने विष्णु लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाईएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।
मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने १५ वर्षीय विपल नेपालको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी प्रवक्ता डीएसपी चन्दले बताउनुभयो ।