नेविसंघको १२ औँ महाधिवेशन २०८१ पुसभित्र सम्पन्न गर्ने निर्णय

नेविसंघको १२ औँ महाधिवेशन २०८१ पुसभित्र सम्पन्न गर्ने निर्णय

२३ चैत । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औँ महाधिवेशन २०८१ पुस मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो । नेविसंघ मुख्यसचिव विजय खड्का अनुसार महाधिवेशनको मिति र कार्यतालिका भने मातृ पार्टी कांग्रेससँग आवश्यक समन्वय गरी तय गर्ने छ ।

यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि नेविसंघको निर्णय छ । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्व बसेको पहिलो बैठकले महाधिवेशन, सांगठनिक गतिविधि गरी २४ वटा निर्णय गरेको छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर