२४ फागुन, दमक । दमक–९ का श्रीनय सेडाईले आफ्नो पहिलो जन्मदिनमा बिमा उपहार पाएका छन् । दिपेश सेडाई र श्रीमती लक्ष्मी पौडेल सेडाईले छोरालाई पोलिसी उपहार दिएको हो । छोराको पहिलो जन्मदिनमा ५ लाखको बाल किरण बिमा पोलिसि उपहार दिएर एक पुन्यको काम गरेको श्रीनयका बुबा दिपेश बताउछन् । उनले आइएमईलाइफ इन्स्योरेन्स कम्पनिमा बिमा गरी आफ्नो र आफ्नो बच्चाको भविष्य सुरक्षित गर्न पाउदा एकदमै खुशि लागेको बताए ।
बिमा पोलिसि बिमकको घरमै गएर एजेन्सि मेनेजर सबिना पौडेलले हस्तान्तरण गरेकी थइन् ।
आइएमई लाईफ इन्स्योरेन्स कम्पनि दमक शाखाबाट पोलिसी काटिएको शाखाका अपरेसन इन्चार्ज अस्मिता आपागाईले जानकारी दिइन् । बिमा प्रतिको सकारात्मक सोचका कारण बिमा पोलिसी उपहार दिने क्रम बढ्दो छ । जन्मदिन होस वा अन्य कुनै अवसरमा बिमा उपहार दिने चलन बढिरहेको छ ।
बिमा पोलिसी हस्तान्तरण कार्यक्रममा दमक शाखाका अपरेसन इन्चार्ज अस्मिता आपागाई, एजेन्सि मेनेजरहरु सबिना पौडेल, दिपा सम्बाहाम्फे लगायतको उपस्थिति रहेको थियो ।