देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

१२ भाद्र, झापा । संचारकर्मी देशराज नेम्बाङको निर्देशनमा ‘सम्बन्ध’ म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरज जबेगुको शब्द, संगीत र मिक्स एण्ड मास्टरिङमा तयार भएको गीत काव्य रेकर्डिङ स्टुडियो दमकमा रेकर्डिङ गरिएको हो ।

इलाम र झापाका विभिन्न ठाउँमा छायाङ्कन गरिएको भिडियोमा कलाकारहरु सुरज जबेगु, मिना नेम्बाङ र शैलेश लिम्बुको अभिनय हेर्न सकिन्छ । देशराज नेम्बाङको छायाङ्न रहेको म्यूजिक भिडियो सुरज जबेगुको दृश्य सम्पादनमा बनेको छ ।

भिडियोमा वैदेशिक रोजगारका कारण परिवारमा आएको सामाजिक विचलनको कथा प्रस्तुत गरिएको छ । कथाको सुरुमा श्रीमान श्रीमती बिच प्रगाढ माया भएको देख्न पाईन्छ । तर अचानक श्रीमानले विदेश जाने निर्णय सुनाउदा श्रीमती दुखी हुन्छिन् । तथापी श्रीमान विदेश जान्छन् । जब विदेशबाट फर्कन्छन्, श्रीमतीको अर्कैसँग माया बसेको हुन्छ । त्यसपछि श्रीमान विरक्त जीवन भोग्दै भिडियोको अत्य हुन्छ ।

यो म्यूजिक भिडियो नेम्बाङको दोस्रो निर्देशन हो । यसअघि मन्जिल बस्नेतको शब्द÷संगीत, अजय लिम्बुको स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण…’ को म्यूजिक भिडियोबाट डेब्यू गरेका थिए ।

समदर्शी टिभीको प्रस्तुती एवं मुनाल प्रोडक्सनको निर्माणमा बनेकोे भिडियो समदर्शी टिभी युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भिडियो

प्रतिक्रिया:

सम्बन्धित खवर

Warning: Trying to access array offset on value of type bool in /home/grihakhabar/public_html/wp-content/themes/sites/single.php on line 270