१८ कार्तिक, सुनसरी । प्रदेश–१ कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वर बाबु कार्कीले सीमा क्षेत्रका यूनिटमा खटिने प्रहरीलाई आचार संहिता विपरित कार्य भए तत्काल कारवाही गरिने कडा चेतावनी दिनुभएको छ ।
सीमावर्ती क्षेत्रका यूनिटमा जिम्मेवारी लिएर गएका प्रमुख तथा सहायकलाई प्रदेश–१ प्रहरी कार्यालय विराटनगरमा डाकेरै डिआईजी कार्कीले तस्करसँग मिलेको जानकारी आएमा तत्काल कारवाही गर्ने चेतावनी दिनुभएको हो ।
संगठन प्रमुख प्रहरी महानिरीक्षकबाट स्विकृत गरिएको प्रहरी आचार संहिता कार्यादेश २०७७ को बारेमा प्रहरी कर्मचारीलाई ‘ब्रिफिङ’ गर्र्दै डिआईजी कार्कीले उक्त कार्यादेश विपरीत कार्य गर्ने प्रहरी कर्मचारीलाई प्रहरी नियामावली बमोजिम कडा कारवाही हुने चेतावनी दिनुभएको छ ।
मोरङ जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्राङगणमा डिआईजी कार्कीले निर्देशन दिनुभएको थियो ।
लगतै झापा जिल्लाका सीमावर्ती प्रहरी युनिटका प्रहरी प्रमुख तथा सहायकहरुलाई पनि ईलाका प्रहरी कार्यालय अनारमनीमा भेला गराएर कडा निर्देशन दिईएको छ ।
डिआईजी कार्कीले चाडवाडको समयमा खुल्ला सिमानाको फाईदा उठाउँदै हुन सक्ने अवैध चोरी निकाशी तथा अन्तरदेशीय रुपमा हुन सक्ने अपराध नियन्त्रणमा कडाईका साथ कार्य सम्पादन गर्न निर्देशन दिनु भएको प्रदेश–१ प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत कविन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
एक नम्बर प्रदेश सदस्य हरिकुमार देव सहित आदित्य ढकाल र यसवन्त विक्रम साह लगायतको उपस्थिति रहेको थियो ।