२५ जेष्ठ, काठमाण्डौँ । समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा)मा तीन जना अध्यक्ष रहने भएका छन् ।
सरकारले दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृच्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।
दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आज पार्टी पदाधिकारीबारे सहमति जुटेको छ । सहमतिअनुसार पार्टीमा पहिलो वरियतामा रहने भटट्टराई संघीय परिषद्को अध्यक्ष रहेनछन् भने दोस्रो वरियतामा रहेका ठाकुर र तेस्रो नम्बरमा रहेका यादव केन्द्रीय समितिको अध्यक्ष रहनेछन् ।
चौथो नम्बरमा रहेका राजेन्द्र महतो र पाँचौं नम्बरमा रहेका अशोक राई वरिष्ठ नेता रहने छन् ।
बाँकी सबैको नाम मात्र पठाइने छ ।
नेताहरु दल दर्ताको लागि निर्वाचन आयोगमा पुगेका छन । लक्ष्मणलाल कर्णको नेतृत्वमा नेताहरु आयोगको कार्यालयमा पुगेका हुन् । पार्टीभित्रको पदाधिकारी विवाद हल भएपछि नेताहरु दल दर्ताको लागि आज आयोगको कार्यालयमा पुगेका हुन् ।