देशको विरुद्धमा आगो ओकल्ने दुई सांसद !

देशको विरुद्धमा आगो ओकल्ने दुई सांसद !

-नवराज शंकर

५ जेष्ठ, इलाम । तत्कालिन समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरि हाल जनता समाजवादीकी सांसद । यिनी भारत (बिहार) कि छोरी र नेपालकी बुहारी हुन् । सधैं नेपालको भन्दा बढी भारतीय पक्षधरता देखिनेगरी अभिव्यक्ति दिने र व्यवहार देखाउने सांसद गिरिले भारतले मिचेको कालापानी, लिपुलेक र लिम्पियाधुराको सवालमा संसद सदनमा बोलेको कुराबाट यिनले नेपाललाई हेर्ने दृष्टिकोण प्रष्ट भएको अवस्था छ ।

नेपाल सरकारको आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बारे आफ्नो धारणा राख्दै उनी भन्छिन ‘अभि लिपुलेकका कि विवाद आई हे । लेकिन मुझको लगता हे कि सरकार ने विना भारत और चिनके साथ सम्वाद किए बिना हि जिस ढंगसे सम्माननीय राष्ट्रपति महोदयकी मुख से ये नये नक्से निकाल्ने कि बात किई हे उन्हो ने हमारी विदेश निति, उन्कि क्षमता मे उपर प्रश्न उठाया हे । सभामुख महोदय विदेश नीति जुवा नहि हे, ग्याम्ब्लिङ्ग नहि हे, वहाँपर आप अप्ने दो छिमेकी देशोका साथ बात कररहे हे ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजाल, पार्टीका प्रभावशाली नेतामध्येमा एक हुन् । उनी नेपालको पटक–पटक मन्त्री भएका मान्छे मध्येका पनि एक हुन् । नेपाल सरकारको आर्थिब बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको छलफलमा कालापानी, लिपुलेक र लिम्पियाधुराबारे आफ्नो कुरा राख्दा यिनले बोलेको कुराले प्रतीत हुन्छ कि यिनी साच्चिकै लम्पट हुन् ।

उनी भन्छन्ः ‘सरकारले यस्तो अवस्थामा नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ । हाम्रो सिमा अतिक्रमण भएको छ, सिमा अतिक्रमण भएको छ तर सरकारको नीति तथा कार्यक्रम हेर्दा लाग्छ कि कागजको नक्सामा मात्रै अब सरकारले सिमा फर्काउछ । साच्चै चाहिँ फर्काउन सक्दैन । त्यही बहानाको लागि नीति तथा कार्यक्रमको पुच्छरमा सिमा अतिक्रमणको बिषयमा लेखिएको छ ।’

यी दुई माननीयहरुको कति कमजोर र गरिब मानसिकता ? जसको जति नै निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । हुन त देशले चिनेकै पार्टी र पार्टीका नेता न परे ! अहिले झलझली याद भइरहेको छ कि एकातिर भारतले नाकाबन्दी गरेको त्यस्तो कष्टकर अवस्थामा सरिता गिरि र तिनका शिर्ष तहका नेताहरु नाकाबन्दी अझ कडा बनाउन भारतीय नेताको पाउ परिरहेका थिए । कार्यकर्ता भारतीय सुरक्षा बल एस.एस.वि. को भात खाएर नाकाबन्दीको विरुद्धमा उत्रीएका देशभक्त नेपालीलाई ढुंगामुढा गर्दै थिए । अर्काेतिर नाकाबन्दी शब्दको उच्चारणसम्म गर्न नसक्ने काङ्ग्रेसीहरु संविधान जारी गर्ने बेलामा भारतलाई खुशी पार्न अहिले संविधान नै जारी नगरौं भन्दै डुल्दै थिए ।

कालापानी, लिपुलेक र लिम्पियाधुराको समस्या सरकारको मात्रै समस्या होइन । यो सत्तामा भएकोले नेकपाको मात्रै समस्या पनि होइन । यो सिङ्गो मुलुकको समस्या हो, तीन करोड नेपालीको समस्या हो । आज कालापानी, लिपुलेक र लिम्पियाधुराको विरुद्धमा जसले बोलिरहेका छन्, लागिरहेका छन् ती सबै राष्ट्रघातीहरु हुन् । यिनिहरुका सन्दर्भमा अन्तिम फैसला नेपाली जनताले आफैं गर्नेछन् । देशको विरुद्धमा, राष्ट्र र राष्ट्रियताको विरुद्ध आगो ओकल्नेहरुका सन्दर्भमा अन्तिम लडाई बाकी नै छ ।

-लेखक नेकपा इलामका नेकपा कार्यलय सचिव हुन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर