दिवेश पोखरेल बने ‘अमेरिकन आइडल’को उप–विजेता

दिवेश पोखरेल बने ‘अमेरिकन आइडल’को उप–विजेता

५ जेष्ठ, काठमाण्डौँ । दिवेश पोखरेल (आर्थर गन) ‘अमेरिकन आइडल’को उप–विजेता बनेका छन् ।

अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा प्रतिष्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेल आइडल उपाधिबाट चुकेका छन् ।

अमेरिकन आइडलको १८ औं सिजनकी बिजेता भने २१ बर्षकी जस्ट साम बनेकी छिन् । गएरातीको समापान शोमा टप फाइभमा पुगेका दिवेश भोटिङमार्फत टप टुमा पुगेका थिए ।

कार्यक्रममा उनी ‘आर्थर गन’को नामबाट सहभागी बनेका थिए ।

दिवेश उप–विजेतामै सीमित भएका छन् ।

नेपाली युवा दिवेश पोखरेल सन् २०१४ मा अमेरिका पुगेका थिए । कन्सासको विचिटामा बस्दै आएका दिवेश विगत दुईबर्षदेखि संगीतको क्षेत्रमा छन् ।

उनी प्लस टु उत्तिर्ण गरेपछि अमेरिका पुगेका थिए ।

दिवेशले सन् २०१९ को जनवरीमा नेपालमै आफ्नो ग्रहण एल्बमको लोकार्पण गरेका थिए । अर्थर गनका नाममा युट्युब च्यानलसमेत बनाएका उनका एक दर्जनजति गीत छन् ।

प्रतिक्रिया:

सम्बन्धित खवर