कहि रोगले, कहि भोकले जनता पिडित देखिन्छ (गजल)

कहि रोगले, कहि भोकले जनता पिडित देखिन्छ (गजल)


३ जेष्ठ, झापा ।

कहि रोग ले त कहि भोकले जनता पिडित देखिन्छ ।

निको भइ घर फर्कने भन्दा बेसि सङ्क्रमित देखिन्छ ।

हेर्नुस् जीवनस्तर निरन्तर गुज्रिरहेको देख्दा पनि,

वस्ता छैन जनताको बस ! पराइको नजरमा चर्चित देखिन्छ ।

भयभीत छ जताततै साँध सर्दा धरी मौन छ सरकार ।

लाग्छ पक्कै ऊ भित्रभित्रै देश बेची समर्पित देखिन्छ ।

सरकारको बेवास्ता अनि लापरबाहीले गर्दा खेरी,

अरु देशको तुलनामा मेरो देश घृणित देखिन्छ ।

हड्डीमा कुकुर पल्काइ चोरले घरको सर्वस्व लुटेझै,

छिमेकी देश नेपाल लुट्न पाउदा प्रभावित देखिन्छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर